११२ औँ नारी दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौं । ११२ औँ अन्तर्राष्ट्रिय श्रमिक नारि दिवस आज (मंगलबार) विभिन्न कार्यक्रम गरि मनाइँदै छ । हरेक वर्ष मार्च ८ तारिखका दिन विभिन्न सचेतनामुलक कार्यक्रम गर्दै यो दिवस मनाउने गरिन्छ ।
महिला मुक्ति आन्दोलनकी अभियन्ता जर्मनीकी क्लारा जेट्कनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएकी थिइन् । सोही दिनको स्मरणमा नेपाललगाउत विभिन्न देशमा विभिन्न कार्यक्रम गरी दिवस मनाउने गरिन्छ ।
नेपालको संविधानले नै महिलाका लागि ३३ प्रतिशत आरक्षणको व्यवस्था गरेपछि अहिले राजनीति र अन्य कामहरुमा महिलाहरुको सक्रियता बढ्दै गएको छ । पहिलाको समय महिलाले घरको काममा मात्र सिमित हुनु पर्ने, बाहिरको काम गर्न, पढ्न नपाउने जस्ता गतिविधि खेप्नु परेको थियो ।
तर अहिले महिलाको क्षेत्रमा परिवर्तन भएको छ । अधिकांश महिलाहरु पढे लेखेका छन्, महिला अधिकारका सम्बन्धमा जानेबुझेका छन्, कुनै पनि कुरामा उनीहरू कोही भन्दा कम नहुने अवस्था सिर्जना हुँदै गएको छ । उत्पीडन, जनजाति, आदिवासी, दलित, पिछडिएका वर्ग आदि महिलाका लागि चुनावमा थप आरक्षणको व्यवस्था गरिएको छ ।
आत्मनिर्भर भएर आत्मसम्मान साथ बाँचेका महिलाहरुको सम्मान गर्न सिक्नु र उनीहरुको खेदो खन्नुभन्दा हैसला दिनु जरुरी रहेको छ् । सानो नै किन नहोस् महिलाहरुले गरेको काम पहलको सम्मान गर्न सिक्नुपर्छ । महिलाहरुलाई बोलीमा होइन व्यवहारमा समानता दिनुपर्छ।
प्रतिक्रिया