शनिबार, जेठ ५, २०८१

बारामा दुई अर्ब ३७ करोडको आलु उत्पादन

नेपालखोज २०७८ फागुन २४ गते १८:५९

काठमाडौं । बारामा आर्थिक वर्ष ७८/७९ मा दुई अर्ब ३७ करोड ४४ लाख रुपैयाँ बराबरको एक लाख १८ हजार ७२० मेट्रिक टन आलु उत्पादन भएको छ । कम लगानीमा बढी लाभ हुने उखु, मत्स्यपालनतर्फ कृषकहरु उन्मुख भएकाले यस वर्ष आलु खेतीमा ३० हेक्टरले कमी हुन गएको कृषि ज्ञान केन्द्र बाराले जनाएको छ ।

आ.व ७८/७९ मा बाराका कृषकहरूले कूल सात हजार ४२० हेक्टर क्षेत्रफलमा विभिन्न जातको आलु खेती गरी प्रतिहेक्टर १६ मेट्रिक टनको कूल एक लाख १८ हजार ७२० मेट्रिक टन आलु उत्पादन भएको छ । बाराको हरिहरपुर, गोलागन्ज, अमृतगन्ज, देवापुर, टेटा, उचिडिह, भगवानपुर, पिपरपाती, बरियारपुर, मटिअर्वा आलु खेतीको पकेट क्षेत्र भए पनि जिल्लाको प्रायः सबै क्षेत्रमा आलु खेती हुने कृषि ज्ञान केन्द्र बाराले जनाएको छ ।

प्रतिक्रिया