बिहीबार, जेठ १०, २०८१

फुजिमा आएल कम्पनीले देशभरी स्तन क्यान्सरको निःशूल्क परिक्षण गराउने

नेपालखोज २०७८ फागुन २४ गते २३:००

काठमाडौं । फुजिमा आएल कम्पनि प्रालीले देशभरी नै महिलाहरुमा हुने स्तन क्यान्सरको निःशुल्क परिक्षण गराउने भएको छ । आज अन्तरराट्रिय नारी दिवसको अवसरमा एक पत्रकार सम्मेलन गरी कम्पनीले यो वर्ष भरी नै नेपालभर रहेका महिलाहरुमा देखिने स्तन क्यान्सरको निःशुल्क परिक्षणका लागि आफ्नो उत्पादन कन्ट्रोल लुव्रिकेन्ट्समा प्रति लिटर रु १ – (एक रुपैया) छुट्याएको जनाएको छ ।

कम्पनीले विराटनगरको विराट अस्पतालमा ५० जना महिलाको निःशुल्क स्तन क्यान्सर परीक्षण गराएर यस अभियानको शुरुवात गरेको हो । ग्लोवल क्यान्सर अब्जरभेटरी सन् २०२० को तथ्यांकअनुसार नेपालमा ९.६० प्रतिशत महिलामा क्यान्सर रोग पाईएको छ । जनगणना २०७८ अनुसार कुल जनसंख्थाको ५१.५ प्रतिशत महिलाको संख्या रहेको छ ।

जुन १ करोड ३६ लाख ४४ हजार ६ सय ६९ हुन आउछ । त्यसमध्य ९.६० प्रतिशत महिलामा स्तन क्यान्सर रहेको एक अध्ययन ले देखाइको छ । क्यान्सरको यस भयावह अवस्थालाई नेपाली दिदी बहिनी हरुको जिवल रक्षाका लागि समयमानै अस्पताल पुगि परीक्षण गराउन प्रोत्साहनस्वरुप फुजिमा आएल कम्पनि प्रालीले यस अभियानलाई शुरुवात गरेको हो ।

त्यस्तै करिव तिन दशकदेखि आफ्नो उत्पादनको उच्च गुणस्तरका कारण उपभोक्ताको मन जित्न सफल कन्ट्रोल लुव्रिकेन्ट्सको उत्पादक कम्पनी फुजिमा आएल कम्पनि प्रालीले आफ्नो उत्पादनमा प्रयोग पछिको समेत ग्यारेन्टिका लागि आफ्नो उत्पादनहरु कन्ट्रोल लुव्रिकेन्ट्स, म्याजिक प्लस लुव्रिकेन्ट्स र रोयल लुव्रिकेन्ट्स तथा ग्रिजमा नेपालमै पहलो पटक प्रोडक्ट लायबिलीटी इन्स्योरेन्स गराएको छ ।

इन्स्योरेन्स अन्तरगत फुजिमा आएल कम्पनि प्रालिको उत्पादनहरु कन्ट्रोल लुव्रिकेन्ट्स, म्याजिक प्लस लुव्रिकेन्ट्स र रोयल लुव्रिकेन्ट्स तथा ग्रिज प्रयोग पछि ईन्जिनमा कुनै समस्या आएको प्रमाणित भएमा ईन्स्योरेन्समार्फत क्षतिपुर्ति दिने गरेको छ । लेपालको लुव्रिकेन्ट र ग्रिज उत्पादन गर्ने कम्पनि मध्य क्षतिपुति दिने फुजिमा आएल कम्पनि प्राली पहिलो र एकमात्र कम्पनी रहेको छ ।

प्रतिक्रिया