मंगलबार, वैशाख २५, २०८१

कम बजेटमा उच्च कलेक्सन गर्ने बलिउड चलचित्र

नेपालखोज २०७८ फागुन २५ गते १३:५१

काठमाडौं । बलिउडमा थोरै बजेटमा पनि धेरै कमाइ गर्ने चलचित्रहरु थुप्रै छन् । जसले दर्शकको मनसँगै आम्दानी पनि मनग्ये गरेको छ । हेरौं बडिउडका कम बजेटमा उच्च कलेक्सन गर्ने चलचित्रहरु :

कहानी (Kahaani ) – विद्या बालनको कहानी थोरै लगानीमा धेरै पैसा संकलन गर्ने चलचित्रको राम्रो उदाहरण हो । यो मिस्ट्री र सस्पेन्सले भरिपूर्ण फिल्म हो जसले सुरुदेखि अन्त्यसम्म दर्शकलाई बाँधेर राख्छ । करिब १२.५० करोड नेपाली रुपैयाँमा तयार भएको यो चलचित्रले १११.२५ करोड जति कलेक्सन गरेको थियो ।

तारे जमिन पर ( Taare Zameen Par ) – आमिर खानका उत्कृष्ट चलचित्रमध्ये एक तारे जमिन पर सवा एक्काइस करोडमा तयार भएको थियो । यो फिल्मलाई सानदार हिन्दी फिल्म पनि मानिन्छ । यो चलचित्रको कथा मन छुने खालको थियो । यसले टिकट काउन्टरबाट १४० करोड रुपैयाँ संकलन गरेको थियो ।

तन्नु वेडस मन्नु (Tanu Weds Manu ) – कंगना रणावतलाई यहि चलचित्रले सुपरस्टार बनाएको हो । यो चलचित्र केवल २७.५० करोड रुपैयाँमा तयार भएको थियो । यद्यपि यसले ८० करोड कमाएर कीर्तिमान नै बनायो ।

ट्वाइलेट एक प्रेम कहानी ( Toilet Ek Prem Katha ) – अक्षय कुमार तथा भूमि पेडनेकर स्टारर यो फिल्मको लागत करिब २९ करोड हो । निर्माणका समयमा यो चलचित्र ले ३२० भन्दा बढी कमाइ गर्छ भनेर कसैले कल्पना गरेका थिएनन् ।

पिप्ली लाइभ ( Peepli Live ) – किसानहरुको दुर्दशामा आधारित यो फिल्म निर्माणमा १६ करोड रुपैयाँ खर्च भएको थियो । यो फिल्म दर्शकहरुलाई यति मनपर्यो कि यसले ६४ करोड कमाई गर्यो ।

नो वान किल्ड जेशिका ( No One Killed Jessica ) – विद्या बालन र रानी मुखर्जीको यो चलचित्रले पनि मानिसहरुको मन छोयो । सत्य घटनामा आधारित यो फिल्मको बजेट करिब १५ करोड थियो तर यसको कमाई भने १६० करोडभन्दा माथि पुग्यो ।

भेजा फ्राइ ( Bheja Fry ) – रजत कपुर, मिलिन्द सोमन, रणवीर शौरी, विनय पाठक तथा सारिका जस्ता कलाकारले अभिनय गरेको यो फिल्म रमाइलो भएकैले मानिसहरुले यसलाई खुब रुचाए । केवल ९५ लाखमा तयार भएको यो चलचित्रले १२.८० करोड जति कमाएको थियो ।

विकी डोनर ( Vicky Donar ) – आयुष्मान खुरानाको यो उत्कृष्ट फिल्म ८ करोडमा डोनर तयार पारिएको थियो । सुपर हिट यो चलचित्रको कलेक्सन १०७ करोडभन्दा बढी रह्य‍ो ।

प्रतिक्रिया