आइतबार, जेठ ६, २०८१

कर्णालीका आठ जिल्लामा एकीकृत बस्ती निर्माण हुने

नेपालखोज २०७८ फागुन २५ गते १४:०५


काठमाडौं । कर्णाली प्रदेशका जोखिममा परेका आठ जिल्लाका बस्तीमा एकीकृत बस्ती निर्माण सुरु हुने भएको छ । कर्णाली प्रदेशको जाजरकोटको जुनिचाँदे गाउँपालिका–७ मा ४० घर, बारेकोट गाउँपालिका-४, ५ मा ६० घर निर्माण हुन लागेका छन् ।

यस्तै कालिकोट नरहरिनाथ–४ डाँडासुन्दरखामा ८० , रास्कोट गाउँपालिका–७ मा १०० घर निर्माण हुने भएका छन् । मुगुमा खत्याड गाउँपालिका–२ गाडेखोलामा दलित वस्ती विकास कार्यक्रमअन्तर्गत १८ घर, खत्याड–८ मै एकीकृत वस्तीअन्तर्गत २३ घर निर्माण गर्न लागिएको छ ।

हुम्लाको चङ्गेली गाउँपालिका–६ रातीपुरमा बस्ती विकास योजनाअन्तर्गत ३३ घर, ताजाकोट गाउँपालिका-१, २, ३, ४ र ५ एकीकृत बस्ती विकास कार्यक्रमअन्तर्गत ८३ घर निर्माण हुनेक्रम जारी रहेको छ । आठ जिल्लाका जोखिममा परेका ठाउँमा घर निर्माणका लागि सम्भाव्यता अध्ययन (डिपिआर) तयार भई घर निर्माणको काम चरणमा गएको हो ।

घर निर्माणका लागि बाधा पुगेको जनाउँदै दोस्रोपटक संशोधन भएपछि मात्र घर निर्माणको बाटो खुलेको छ । एकीकृत बस्तीको नाम दिएर एकै ठाउँमा घर निर्माण गर्दा जग्गा, जमिन, घर पालुवा जनावरमा समेत हेरचाह गर्न सम्भव नभएपछि पीडित परिवारको तर्फबाट आलोचना भएपछि कार्यविधि संशोधन भएको हो ।

पायक पर्ने ठाउँमा घर निर्माण गर्न पाउने बाटो खुलेको प्रदेशका जलस्रोत तथा ऊर्जा विकासमन्त्री गणेशप्रसाद सिंहले जानकारी दिए ।

प्रतिक्रिया