बुधबार, असार १८, २०८२

निर्वाचनमा केन्द्रित हुने नेकपा एसको निर्णय, एमसीसीबारे के भयो छलफल ?

नेपालखोज २०७८ फागुन २५ गते १४:३२

काठमाडौं । सत्तासाझेदार नेकपा एकीकृत समाजवादीले आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा केन्द्रित रहेर आन्तरिक छलफल सुरु गरेको छ । काठमाडौंमा आजबाट सुरु भएको केन्द्रिय कमिटी बैठकमा स्थानीय तह निर्वाचनमा सम्पूर्ण ध्यान केन्द्रित हुने गरी छलफल सुरु भएको हो ।

स्थानीय तह निर्वाचनलाई मुख्य एजेन्डा बनाएर बैठकमा राजनीतिक प्रतिवेदन पेश गरिएको र सोही अनुसारको कार्ययोजना, संगठन विस्तार र पुनर्गठनबारे छलफल भईरहेको पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए । उनले एमसीसी संसद्बाट पारित गरिएको उल्लेख गर्दै त्यसबाट उत्पन्न हुने परिस्थिति र समाधानका उपायका बारेमा पनि बैठकमा छलफल हुने बताए ।

प्रवक्ता खतिवडाले बैठकले स्थानीय तह निर्वाचन प्रचारका लागि आवश्यक संयन्त्रको निर्माण गर्ने बताए । प्रवक्ता खतिवडाले भने, ‘बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा हाम्रा शक्ति, सम्पूर्ण ध्यान केन्द्रित गरेर अगाडि जानेछौं । आजको राजनीतिक परिस्थिति, विभिन्न राजनीतिक दलहरुबीच भएको शक्ति सन्तुलन, अव हामीले जानुपर्ने बाटोमा विषयमा हामी छलफल गर्नेछौं । ’

प्रतिक्रिया