आइतबार, असार २२, २०८२

कांग्रेस बैतडीले गर्ने कार्यक्रममा सह-महामन्त्री बद्री पाण्डेयले सम्बोधन गर्ने

नेपालखोज २०७८ फागुन २५ गते १४:५५

काठमाडौं । बैतडीमा नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै बिशाल आमसभाको आयोजना गरेको छ । शिवनाथ गाउँपालिकाको सुल्लेखानमा आयोजना गरिएको आमसभालाई नेपाली कांग्रेसका सह-महामन्त्री बद्री पाण्डेयले सम्बोधन गर्ने कार्यक्रम रहेको कांग्रेस बैतडीले जनाएको छ ।

आमसभामा बैतडीको शिवनाथ गाउँपालिका, पञ्चेश्वर गाउँपालिका, तल्लोस्वराड मेलौली नगरपालिका लगायतका नागरिकको उपस्थिति रहने भएको छ् ।

यस्तै, बैतडी कांग्रेसले फागुन २९ गतेदेखि ‘घर–घरमा कांग्रेस, जन–जनमा कांग्रेस’ अभियान सञ्चालन गर्ने जनाएको छ । बैतडीको सदरमुकामस्थित गोठलापानीमा उक्त अभियानको शुभारम्भ गरिने भएको छ।

प्रतिक्रिया