बुधबार, जेठ १६, २०८१

७१ स्वयंसेवीले गरे रक्तदान

नेपालखोज २०७८ फागुन २५ गते १४:३३

काठमाडौं । नेपाल स्वयंसेवी रक्तदाता समाज, काठमाडौं महानगरपालिका १३ वडा नगर समिति तथा महिला विकास समितिको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम गरिएको छ ।

हाल विश्वभर महामारीका रूपमा फैलिरहेको कोरोना भाइरस कोभिड-१९ ले हाम्रो देशको रक्त व्यवस्थापनमा पारेको नकारात्मक प्रभावलाई न्यूनीकरण गर्न रक्तदान कार्यक्रम गरिएको नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष तथा स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यले बताए ।

कार्यक्रममा काठमाडौं महानगरपालिका १३ का वडाध्यक्ष ध्रुवनारायण मानन्धर, नेपाल रेडक्रस सोसाइटी स्वास्थ्य सेवा विभागकी निर्देशक डा. मनिता राजकर्णिकार, नेपाल स्वयंसेवी रक्तदाता समाज काठमाडौं २० वडा नगर समिति अध्यक्ष राम रञ्जित, समाजका काठमाडौं १३ वडा नगर समितिका अध्यक्ष निरू महर्जनलगायतको उपस्थिति थियो ।

‘पीडितलाई राहत स्वरूप रक्तदान गर्न/गराउन गरिएको आह्‌वानलाई सार्थक दिन कार्यक्रम आयोजना गरिएको वडा नगर समिति अध्यक्ष निरू महर्जनको भनाइ छ । प्रमुख उपस्थिति जनाउने समाजका केन्द्रीय अध्यक्ष एवं स्वयंसेवी शतक रक्तदाता कर्माचार्यले कार्यक्रममा रक्तदान गर्ने स्वयंसेवी रक्तदाताहरूलाई सम्मान स्वरूप डोनर र प्रमाण-पत्र प्रदान गरे । कार्यक्रममा ७१ जनाले स्वयंसेवी तवरले रक्तदान गरेका थिए ।

प्रतिक्रिया