शुक्रबार, जेठ ११, २०८१

सभामुख र फ्रान्सका सांसदबीच के-के भयो कुराकानी ?

नेपालखोज २०७८ फागुन २५ गते १७:०९

काठमाडौं । सभामुख अग्नीप्रसाद सापकोटा र फ्रान्स-नेपाल संसदीय मैैंत्री समूहका अध्यक्ष भेरोनिक रिटन नेतृत्वको प्रतिनिधिमण्डलबीच शिष्टाचार भेटवार्ता भएको छ । आज सिंहदरवारस्थित आफ्नै कार्यकक्षमा सभामुख सापकोटाले अध्यक्ष रिटन नेतृत्वको प्रतिनिधिमण्डलसँग शिष्टाचार भेटवार्ता गरेको हो ।

भेटमा उनले दुई मुलुकबीचको कूटनीतिक सम्बन्ध अझै सुमधुर भएर जाने विश्वास व्यक्त गरेको सभामुखको सचिवालयले जनाएको छ । अध्यक्ष रिटनले दुई मुलुकबीचको विकास साझेदारीलाई अझ गतिका साथ अघि बढाउन सक्रियताका साथ लागिपर्ने बताए ।

भेटवार्तामा दुवै मुलुकका संसदीय अभ्यास र त्यसका अनुभवबारे पनि छलफल गरेको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया