आइतबार, जेठ ६, २०८१

कालापानीबाट देखिएको हिमशृंखलाको सुन्दर दृश्य (तस्बिरसहित)

नेपालखोज २०७८ फागुन २५ गते १७:३८

दोलखा । तस्बिरमा दोलखा जिल्लाको कालापानीबाट देखिएको हिमशृङ्खलाको सुन्दर दृश्य देख्न सकिन्छ । दोलखा जिल्लाको पैदलमार्ग हुँदै पर्यटकीयस्थल शैलुङबाट हिमाल अवलोकन गर्न सकिन्छ ।

तामाङ भाषामा ‘शै’ को अर्थ सय र ‘लुङ’ को अर्थ थुम्का हो । शैलुङमा १०८ वटा थुम्का छन् । १०८ वटा थुम्का मिलेर बनेको शैलुङले ऋतुअनुसार रंग फेर्छ । प्राकृतिक, सामाजिक, सांस्कृतिक जैविक विवधिताका साथै पर्यटकीय हिसावले खास मानिने शैलुङको यो खास विशेषता हो ।

किम्बदन्तीअनुसार तीन वटा बुद्धले तपस्या गरेको पवित्र स्थाल शैलुङ हो । बुद्ध धर्मावलम्बीहरुले आफ्ना पुर्खाहरुको अस्तु शैलुङ डाँडामा सेलाउन पाएमा पवित्र हुन्छ र पितृहरु तर्छन् भन्ने धार्मिक मान्यता यहाँको छ । १० हजार जनसंख्या रहेको शैलुङ गाउँपालिकामा तामाङहरुको बाहुल्यता छ ।

शैलुङलाई हिन्दुहरुको पवित्र स्थल पनि मानिन्छ । यस ठाउँमा शैलुंगेश्वर महादेव, शैलुंगेदेवी भगवतीको मन्दिर, १२ वर्षे गोदावरी गुफा धर्मद्वार छ । गुप्तेश्वर महादेवको मन्दिर, डाँफे ढुँगा छ । यस्तै भिमसेनको तरवार र पृथ्वीको नाइटो तथा बुद्धको पाइला पनि यहाँ देख्न पाइन्छ ।

शैलुङलाई महाभारत पर्वतको अग्लो हिमश्रृंखला मानिन्छ । नेपालको ६० प्रतिशत हिमश्रृखला शैलुङबाट हेर्न सकिन्छ । ३ हजार १४६ मिटर उचाइमा दोलखा र रामेछापको सिमानामा अवस्थित सैलुङबाट धौलागिरि, अन्नपूर्ण, मनास्लु, गणेश, लाङटाङ गौरीशंकर हिमाल नजिकबाट देख्न सकिन्छ ।

तस्बिर : रासस

प्रतिक्रिया