शनिबार, जेठ ५, २०८१

सरकारसँग सुनचाँदी व्यवसायीको कस्तो माग ?

नेपालखोज २०७८ फागुन २५ गते १८:३१

काठमाडौं । सुनचाँदी व्यवसायीहरूले व्यवसाय सञ्चालनका लागि प्रस्ट नीति नियम तर्जुमा गर्न सरकारसँग आग्रह गरेका छन् । महासंघका अध्यक्ष माणिकरत्न शाक्यको नेतृत्वमा गएको महासंघको प्रतिनिधि मण्डलले बुधबार वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक प्रेमकुमार श्रेष्ठसँग भेट गरी प्रस्ट नीति वनाउन आग्रह गरेको हो ।

सुनचाँदी व्यवसाय र यसको कारोबारका लागि हालसम्म पनि प्रस्ट नीति बन्न नसक्दा व्यवसाय सञ्चालनमा बाधा पुगको भन्दै महासंघका अध्यक्ष शाक्यले सरकारले सुनचाँदी कारोबारको निर्देशिका बनाएमा त्यसलाई अक्षरशः पालनागरी अगाडि बढ्न व्यवसायीहरू तयार रहेको बताए । आफुहरूले दशौं बर्षदेखि यस बिषयमा आवाज उठाउँदै आएको भएपनि हालसम्म त्यसको स्रोबोधन हुन नसकेको उनकोे भनाइ छ ।

सुनचाँदी व्यवसायीसँगको भेटकाक्रममा महानिर्देशक श्रेष्ठले कुनै पनि पेशा व्यवसाय सञ्चालनकालागि प्रस्ट नीति नियम आवश्यक पर्ने कुरा स्वीकार गर्दै सुनचाँदी व्यवसाय, व्यवसायी र आम उपभोक्ता सरोकारलाई समेत समेट्ने गरी नीति वनाउन आफूले पहल गर्ने प्रतिवद्धता जनाए । यसका लागि विभिन्न सरकारी निकायमसग्ँ समन्वय गरेर अगाडि बढ्ने बिश्वास उनले दिलाए ।

भेटका क्रममा व्यवासायीहरूले सुनचाँदी व्यवसायीले भोग्दै आउनुपरेका समस्याहरूका बारेमा महानिर्देशक श्रेष्ठको ध्यानाकर्षण गराएका थिए । त्यसक्रममा महासंघका निवर्तमान अध्यक्ष मोहन सुनार, वरिष्ठ उपाध्यक्ष अर्जुन रसाइली, प्रथम उपाध्यक्ष मोहन काजी शाक्य, महासचिव धर्मशुन्दर बज्राचार्य, कोषाध्यक्ष सुदिप श्रेष्ठ, मधेश प्रदेस सभापति रामजी साहलगायतका व्यवसायीको सहभागिता थियो ।

प्रस्ट नीतिको अभावमा मुनाफा, ज्यालाजर्ती, टोलसेन्स जस्ता बिषयमा अष्प्रस्टता देखिएको छ । जसकाकारण व्यवसायीहरू बारम्वार अप्ठ्यारो पर्ने गरेका छन् । सरकार र व्यवसायीवीच शीघ्र नीति निर्माणगरी लागु गर्ने सहमति धेरै बर्ष अगाडि नौ भएको भएपनि हालसम्म त्यसको कार्यान्वयन हुन सकेको छैन ।

प्रतिक्रिया