बिहीबार, जेठ ३, २०८१

रियलमीको नोट ११ प्रो

नेपालखोज २०७८ फागुन २६ गते १२:३३

काठमाडौं । रियलमी नोट ११ प्रो (Redmi Note 11 Pro) दक्षिण एसियाली बजारमा आज मार्च ९ मा लन्च हुँदै छ । साओमी कम्पनीले Redmi Note 11 Pro तथा Redmi Note 11 Pro प्लस 5G को लन्च गर्ने भएको हो । Redmi Note 11 Pro र Redmi Note 11 Pro Plus 5G पहिले देखि नै उपलब्ध Redmi Note 11 सिरिजका नयाँ फोन हुन् । यो फोनसेटको मूल्य नेपाली बजारमा ३६ हजार रुपैयाँदेखि ४२ हजार रुपैयाँको बीचमा रहने बताइएको छ ।

No description available.

यो फोनमा १०८ एमपीको प्राइमरी क्यामेरा रहनेछ जसलाई ८ एमपीको अल्ट्रावाइड लेन्स, २ एमपीको डेप्थ सेन्सर तथा २ एमपीको माइक्रो क्यामेराका साथ जोडिएको छ । सेल्फीका लागि Redmi Note 11 Pro मा १६ एमपीको फ्रन्ट क्यामेरा उपलब्ध हुन्छ । यसको ५००० एमएएचको ब्याट्रीले ६७ वाटको फास्ट-चार्जिङ सपोर्ट प्रदान गर्छ । यो फोन Android 11 मा आधारित MIUI 13 मा चल्ने जानकारी दिइएको छ ।

प्रतिक्रिया