बिहीबार, जेठ ३, २०८१

रंगीचंगी ध्वजासहितको चीर ठड्याएसँगै होली पर्व सुरु

नेपालखोज २०७८ फागुन २६ गते १०:४४

काठमाडौं । आजदेखि होली पर्व सुरु भएको छ । काठमाण्डौको वसन्तपुरमा चीर रंगीचंगी ध्वजासहितको चीर ठड्याएसँगै होली पर्व सुरु भएको हो ।असत्यमाथि सत्यको विजयको रुपमा हरेक वर्ष फागु पूर्णिमाका दिन होलि पर्वमनाउने गरिन्छ ।

रंगको पर्व होलीलाई आपसी कटुताको अन्त्य र सद्भाववृद्धिको पर्वको रुपमा पनि लिने गरिन्छ । यो वर्ष आउँदो विहीबार पहाडी जिल्लामा र शुक्रबार तराईका जिल्लामा होली मनाइँदै छ ।

आपसमा मैत्री एवम् सद्भावपूर्वक खेलिने यो पर्वमा ख्याली, टप्पा र वसन्त राग गाउँदै नाच्दै अविर लगाएर शुभकामना आदानप्रदान गरिन्छ। पूर्णिमाको रातमा चीर ढालेर टुंडिखेलमा पुर्याइ दाह गरेपछि होली पर्व समाप्त हुने र यसको भोलिपल्टबाटै बसन्त ऋतुको शुरुवात हुने गर्दछ् ।

प्रतिक्रिया