शनिबार, जेठ ५, २०८१

सिद्धार्थ बैंकद्वारा सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रलाई सहयोग

नेपालखोज २०७८ फागुन २६ गते १६:५४

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रलाई सहयोग गरेको छ । बैंकले बिहीबारका दिन सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रलाई सामाजिक उत्तरदायित्वअन्र्तगत १५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको हो । सो रकम बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुन्दरप्रसाद कँडेलले सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रका कार्यकारी निर्देशक डा. चन्द्रमणि अधिकारीलाई हस्तान्तरण गरेका हुन् ।

बैंकबाट प्राप्त उक्त रकम सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रले सर्जिकल वार्ड विस्तार गरी बेडहरु थप गर्न उपयोग गर्नेछ । उक्त सहयोगबाट अस्पतालका मुटुरोगी बिरामीलाई केही हदसम्म भए पनि सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।

बैंकले शिक्षा, स्वास्थ्य, वातावरण, पर्यटन, सांस्कृतिक सम्पदा, पूर्वधार र सुरक्षाजस्ता क्षेत्र अन्तर्गत विभिन्न सामाजिक उत्तरदायित्व निर्वाहसम्बन्धी कार्यहरूमा सहभागिता जनाउँदै आएको र आगामी दिनहरुमा पनि यसलाई निरन्तरता दिँदै जाने उद्देश्य लिएको बैंकले जानकारी दिएको छ ।

प्रतिक्रिया