शनिबार, जेठ ५, २०८१

एपीएफलाई एएफसीको लाइसेन्स

नेपालखोज २०७८ फागुन २६ गते १७:२१

काठमाडौं । एपीएफ फुटबल क्लबले हालै हलचोकस्थित सशस्त्र प्रहरी बलको मुख्यालयमा आयोजित विशेष समारोहमा एसियाली फुटबल महासंघ (एएफसी) लाइसेन्स प्रमाणपत्र प्राप्त गरेको छ ।

एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले अग्नि ग्रुपका कार्यकारी निर्देशक अर्जुनप्रसाद शर्माको उपस्थितिमा सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाललाई प्रमाणपत्र हस्तान्तरण गरेका थिए ।

अग्नि ग्रुप महिन्द्रा नेपाल एपीएफसँग करिब ८ वर्षदेखि आबद्ध छ र सुरुवाती दिनदेखि नै क्लबको स्तरोन्नतिका लागि सक्दो सहयोग गर्दे आईरहेको छ । यो कोसेढुंगा मनाउन पाउँदा अग्नि ग्रुप परिवार गौरवान्वित भएको छ र एपीएफलाई नेपालको आधिकारिक चौथो क्लब बनेकोमा हार्दिक बधाई पनि दिएको छ ।

एपीएफ क्लबले सन् २००१ देखि हालसम्मको आफ्नो यात्रामा धेरै उपलब्धि हासिल गरेको छ र निकट भविष्यमा सफलताका अन्य शिखरहरुमा पुग्न तत्पर रहेको छ । अग्नि ग्रुपएपीएफ टिमलाई सफल भविष्यको कामना गर्दछ र आगामी दिनहरुमा पनि यस्तै उपलब्धिहरु सँगै मनाउने अपेक्षा पनि ग्रुपले गरेको छ ।

प्रतिक्रिया