आइतबार, वैशाख २३, २०८१

महालक्ष्मी विकास बैंकद्वारा विद्यालयलाई साइन्स ल्यावका लागि आवश्यक सामाग्रीहरु प्रदान

नेपालखोज २०७८ फागुन २६ गते २३:००

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न संघ संस्थाहरुलाई सहयोग गर्दै आएको छ । सोही कार्यलाई निरन्तरता दिँदै बैंकको पोखरा, चिप्लेढुङ्गा शाखाले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत पोखरा महानगरपालिका वडा नं.१९ हेम्जा अवस्थित अम्विका माध्यमिक विद्यालयलाई साइन्स ल्यावका लागि आवश्यक सामाग्रीहरु प्रदान गरेको छ ।

यो सहयोगबाट विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको प्रयोगात्मक पढाइलाई थप प्रभावकारी बनाउने विश्वासका साथ उक्त प्रयोगशालाका सामाग्रीहरु प्रदान गरिएको कुरा पोखरा, चिप्लेढुङ्गा शाखाका शाखा प्रवन्धक किरण घिमिरेले जानकारी गराए । एक विशेष कार्यक्रमकाबिच उक्त विज्ञान प्रयोग शालाका सामाग्रीहरु विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष सुवास भण्डारीलाई हस्तान्तरण गरेको हो ।

बैंकले यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु नेपाल भर छरिएर रहेका १०३ शाखाहरु मार्फत गर्दे आइरहेको र आगामी दिनहरुमा पनि यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिइरहने कुरा जानकारी दिएको छ । साथै, बैंकले आफ्ना ग्राहकहरुलाई अधिकतम लाभ दिने उद्देश्यले महालक्ष्मी वचत वृद्धि खाता संचालनमा ल्याएको छ ।

वार्षिक व्याजदर आठ दशमलव ५५ प्रतिशत रहेको यो खाता न्युनतम मौज्दात ५१ रुपैयाँमा नै खोल्न सकिनेछ । यसमा पाँच लाख रुपैयाँसम्मको दुर्घटना बिमा, निःशुल्क मोबाइल बैकिङ, निःशुल्क एटिएम कार्ड, निःशुल्क डिम्याट खाता खोल्न सकिने कुरा बैंकले जनाएको छ । बैंकले प्रदेश नं १ मा ५, प्रदेश नं २ मा १५, वाग्मती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णली प्रदेशमा २ र सुदुरपश्चिम प्रदेशमा १७ वटा गरी कुल १०३ वटा शाखाहरुमार्फत करिब ६ लाख ग्राहकहरुलाई उच्चस्तरिय वित्तीय सेवाहरु सरलिकृत तवरले प्रदान गर्दे आईरहेको छ ।

बैंकले ग्राहकहरुको वैदेशिक यात्राको क्रममा कारोबार थप सुरक्षित, सहज र भरपर्दो होस भन्ने उद्ेश्यले भिसा इएमभी चिप बेस ट्राभल कार्ड, ई कर्मश कार्ड र डलर कार्ड जारी गरिसकेको छ । समग्रमा चिप बेस ट्राभल कार्ड, ई कर्मश कार्ड र डलर कार्ड जारी गर्ने अग्रणी तथा एक मात्रविकास बैंक : महालक्ष्मी विकास बैंक रहेको दाबी पनि बैंकले गरेको छ ।

प्रतिक्रिया