शनिबार, वैशाख २२, २०८१

नेपाल जग्गा तथा आवास विकास संघको १५ औं बार्षिक साधारण सभा सम्पन्न

नेपालखोज २०७८ फागुन २६ गते २०:४०

काठमाडौं । नेपाल जग्गा तथा आवास विकास संघको १५ औं साधारण सभा सम्पन्न भएको छ । संघका अध्यक्ष ईच्छाबहादुर वाग्लेको सभापतित्वमा हिजो एल्लो पगोडा होटेल, जमल, काठमाडौंमा वार्षिक साधारण सभा सम्पन्न भएको संघले जानकारी दिएको छ ।

साधारण सभाको उद्घाटन गर्दै संघका अध्यक्ष वाग्लेले संघका सदस्यहरुले संघको आर्थिक सुदृढीकरणका लागि सक्दो योगदान गर्नुपर्ने, कित्ता काट फुकुवा हुनुपर्ने, शहरी विकास विधेयकलाई अन्तिम रुप दिई ऐनको रुपमा कार्यान्वयनमा ल्याउनुपर्ने, हाउजिङ्ग प्लानिङ्गको प्रकृया सहज बनाउनु पर्ने, संघले काठमाडौं उपत्यका बाहिर पनि व्यवस्थित शहरीकरणका आयोजना सञ्चालन गर्नुपर्ने तथा नेपाल राज्यभर रियल इस्टेट उद्योगको विकासका लागि एउटा छाता संगठनकोरुपमा महासंघ गठन गर्नुपर्ने कुरामा जोड दिएका छन् ।

उनले यि कार्यहरुका लागि सम्बन्धित सरकारी निकायहरुसँग निरन्तररुपमा सम्वाद तथा अन्तरक्रिया गर्नुपर्ने कुरा बताए । त्यस्तै उनले सदस्यहरुबिच आपसी सहयोग, समन्वय, सद्भाव, एकता एवं मैत्री भाव कायम राखी रियल इस्टेट उद्योगको विकासमा एकजुट भएर लाग्नुपर्ने आवश्यकता औंल्याए ।

सो अवसरमा संघका उपाध्यक्षत्रय विदुर धमला, दीपक कुँवर एवं भेषराज लोहनी, निवर्तमान अध्यक्ष मीनमानश्रेष्ठ र संस्थापक अध्यक्ष बुद्धिनारायण श्रेष्ठले संघको सुदृढीकरण तथा रियल इस्टेट उद्योगको प्रवद्र्धन सम्बन्धमाआ–आफ्नो धारणा राखेका थिए ।

सभाको समापन गर्दे अध्यक्ष वाग्लेले संघलाई एउटा सबल, सुदृढ र प्रतिष्ठित संस्थाको रुपमा स्थापित गर्न आफू पूर्णरुपले दत्तचित्त भई सबै व्यवसायीहरुको हकहितको लागि निरन्तररुपमा प्रयाशरत रहने प्रतिवद्धता प्रकट गरे ।

प्रतिक्रिया