आगलागीमा एक वृद्धाको मृत्यु
नेपालखोज
२०७८ फागुन २७ गते १०:५५

ताप्लेजुङ । सदरमुकाम फुङलिङस्थित कोप्चे बजारमा आगलागीमा परी घाइते भएकी मैवाखोला गाउँपालिका घर भई शिव मादेनको घरमा डेरा गरी बस्ने ६७ वर्षीय वृद्धा चुलीमाया लिम्बूको उपचारका क्रममा मृत्यु भएको छ ।
जिल्ला अस्पताल ताप्लेजुङमा निधन भएको र प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलका अनुसार आगलागीबाट शिव मादेनको घर पूर्णरूपमा जलेको छ भने रवीन्द्र लिम्बूको घरमा आंशिक क्षति पुगेको छ ।
स्थानीयवासी, नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बलको सहयोगमा आगो नियन्त्रणमा आएको प्रमुख जिल्ल अधिकारी पोखरेलले बताए । कोप्चे बजारमा आज बिहान ८ बजे अचानक आगलागी भएको हाे ।
सम्बन्धित
प्रतिक्रिया