बुधबार, जेठ २, २०८१

दार्चुलाको शैल्यशिखरमा कांग्रेस प्रवेशको लहर, एमालेलाई झड्का

नेपालखोज २०७८ फागुन २७ गते १२:१२


काठमाडाैं । दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नम्बर ६ ग्वानीमा नेकपा एमाले परित्याग गरि ४७ जनाले नेपाली कांग्रेस प्रवेश गरेका छन् । बिहीबार दार्चुलाको शैल्यशिखर नगर कमिटीले गरेको एक कार्यक्रममा एमाले र माओवादीबाट कांग्रेसमा ५४ जना प्रवेश गरे ।

नेकपा एमालेबाट ४७ जना र ७ जनाले नेकपा माओवादी केन्द्र परित्याग गरि कांग्रेस प्रवेश गरेको नगर सभापति मोहनसिंह साउँदले बताए । पार्टी प्रवेश गर्नेहरुमा पार्वतीदेवी धामी, लक्ष्मी धामी, कल्मादेवी धामी, इन्द्र धामी, विशन धामी, राजेन्द्रसिंह धामी, विजयसिंह धामी, करनसिंह धामी, किस्ना बस्नेत, श्यामसिंह धामी, पुष्करसिंह धामी, अर्जुनसिंह धामी, मोतिदेवी धामी, करनसिंह खत्री, मानसिंह खत्री, कासीराम खत्री, राजमती खत्री, कलावती खत्री, तिला खत्री, दानसिंह खत्री, पदमसिंह धामी, धनेसिंह धामी, कल्यानसिंह धामी, सुन्दरसिंह धामी, दिलेन्द्रसिंह धामी रहेका छन् ।

यस्तै सुनेदेवी धामी, रामसिंह धामी, राजुसिंह धामी, अनिल धामी, सुनिल धामी, अनिता बिष्ट, नरेशसिंह धामी, बिमला धामी, सुन्नरी धामी, लोकेश धामी, मिना धामी, मानमती धामी ,हिरा धामी, देव सिंह धामी, लक्ष्मी धामी, माधबसिंह धामी, झुपा खत्री, दिप्पु खत्री, मानसिंह धामी, धौलीदेबि बिष्ट, मतेदेबि धामी, सम्भु धामी, डिकरुवा धामी, धाना धामी, करडीदेवी धामी, हरि धामी, बाग्मती देवी धामी, गोबिन्द सिंह धामी रहेका छन् ।

नवप्रवेशीहरुलाई पार्टीमा स्वागत गर्दै नगरप्रमुख अमरसिंह धामीले शैल्यशिखर नगरपालिकालाई कांग्रेसमय बनाउनुपर्ने बताए । साथै उनले कम्युनिष्टका चिल्ला भाषण र कोरा गफमा नभूल्न समेत स्थानीयहलाई आग्रह गरे । धनबिरसिंह धामीको सभापतित्वमा भएको कांग्रेस टोल भेलामा प्रमुख अतिथि नेपाली कांग्रेस दार्चुलाका पूर्व-उपसभापति एवं शैल्यशिखर नगरपालिकाका प्रमुख अमरसिंह धामी रहेका थिए ।

विशिष्ट अतिथि नेपाली कांग्रेस शैल्यशिखर नगर कार्यसमिति सभापति मोहनसिंह साउँद, नेपाली कांग्रेस जिल्ला कार्यसमिति सदस्य एवं शैल्यशिखर नगरकार्यपालिकाका सदस्य सन्जादेवी धामी, नेपाली कांग्रेस वडा नम्बर ६ का वडा सभापति राजेन्द्रसिंह धामी र वडा नम्बर ६ का वडाअध्यक्ष गोपालसिंह धामीकोे आतिथ्यता रहेको थियो ।

प्रतिक्रिया