शुक्रबार, जेठ ११, २०८१

ल्यान्डफिल साइटमा देखिएको समस्या समाधान गर्न समिति, यस्ता छन् सरकारका १९ निर्णय ?

नेपालखोज २०७८ फागुन २७ गते १३:४५

काठमाडौं । सरकारले बञ्चरेडाँडा ल्यान्डफिल साइटमा देखिएको समस्या समाधानका लागि गरिएको प्रतिबद्धता कार्यान्वयनको चरणमा रहेको जनाएको छ । सरकारले गरेका निर्णय सार्वजनिक गर्दै आज प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले मन्त्रीपरिषदको बैठकले बन्चरेडाँडा ल्यान्डफिल साइडमा फोहोर व्यवस्थापन क्रममा उत्पन्न हुने प्रभाव न्यूनिकरण गर्न उच्चस्तरीय समिति बनाउने निर्णय गरेको बताए ।

हालै बसेको मन्त्रीपरिषदको बैठकले सो क्षेत्रका स्थानीयसँग विगतमा भएका सम्झौता कार्यान्वयन गर्न पनि सरकार तयार रहेको कार्कीले बताए । उनले फोहोरबाट स्थानीय तहमा पर्ने प्रभाव न्यूनिकरण गर्न सम्वद्ध निकायलाई निर्देशन दिइएको पनि जानकारी दिए । मन्त्रीपरिषदको बैठकले फोहोर विसर्जनबाट पर्ने प्रभाव रोक्न स्थानीय जनप्रतिनिधि सहभागी भएको उच्च स्तरीय समिति बनाउने निर्णय गरेको छ ।

साथै कुनै समस्या आएमा समाधानका लागि ‘ऱ्यापिड रेस्पोन्स’ टोली बनाउने पनि निर्णय भएको छ । यस्तै, नेपाल आयल निगमको रिक्त कार्यकारी निर्देशकमा उमेश प्रसाद थानी सुर्खेलाई नियुक्त गर्ने निर्णय भएको छ । बंगलादेशको राजधानी ढाकामा आगामी मार्च ८ देखि ११ सम्म हुने एसियाड सम्मेलनमा सहभागी हुनका लागि कृषि तथा पशुपंक्षी मन्त्रालयका सचिव नेतृत्वको टोलीलाई स्वीकृत दिने निर्णय भएको छ ।

साथै मन्त्रीपरिषदलको बैठकले आगामी चैत १४ गते अमेरिकाको राजधानी न्यूयोर्कमा हुने कार्यक्रमका लागि सचिव प्रेमनारायण कँडेललाई सहभागी हुन स्वीकृति दिने निर्णय गरेको छ । फोहोर व्यवस्थापन र साइट सञ्चालन गर्दा मानज जीवन, पशुपन्छी, जीवजन्तु, वनस्पतिमा पर्ने प्रभाव न्यूनिकरण गर्न आवश्यक सबै उपाय अवलम्बन गरि आवश्यक सडक निर्माण र स्तरोन्नतिका लागि सम्बन्धित निकायलाई निर्देशन दिइएको सरकारले जनाएको छ ।

सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले आवश्यक सहजीकरणका लागि उच्चस्तरिय समिति र तत्काल आइपर्ने समस्या समाधानका लागि र्‍यापीड एक्सन टास्क फोर्स गठन गर्ने निर्णय गरिएको बताए ।

यस्तै सरकारले नेपाल आयल निगमको रिक्त कार्यकारी निर्देशकमा उमेशप्रसाद थानीलाई नियुक्त गर्ने निर्णय पनि गरेको छ ।

प्रतिक्रिया