आइतबार, वैशाख २३, २०८१

एमसीसीमा टेन्डर हाल्न प्रधानमन्त्री देउवाको आग्रह

नेपालखोज २०७८ फागुन २७ गते १६:४७

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले भौतिक पूर्वाधारविना देशको विकास असम्भव रहेको बताएका छन् । नेपाल निर्माण व्यवसायी महासंघको २३ औं साधारणसभा कार्यक्रममा उनले देश विकासका लागि भौतिक पूर्वाधार निर्माणमा व्यवसायीहरुको भूमिका रहेको बताएका हुन् ।

एमसीसीबाट आउने अनुदान रकम पनि नेपालको पूर्वाधार क्षेत्रमा खर्च गरिने जानकारी दिँदै प्रधानमन्त्री देउवाले यसमा टेन्डर हालेर पार्न आग्रह गरे । प्रधानमन्त्री देउवाले भने, ‘एमसीसी आयोजनाको ग्लोबल टेन्डर आह्वान हुन्छ । तपाइँहरु हाल्नुहोस् र पार्नुहोस । अरु देशका पनि आउँछन् । चीनका पनि आउन सक्छन् । तर, तपाइँहरु टेन्डर हाल्नुहोस्।’

निर्माण व्यवासीका समस्या हामी समाधान गर्न आफू तयार रहेको बताउँँदै उनले केही ऐनहरु संशोधन गरिएको जानकारी दिए । एमसीसीबाट आउने अनुदान रकम पनि नेपालको पूर्वाधार क्षेत्रमा खर्च गरिने जानकारी दिँदै प्रधानमन्त्री देउवाले टेन्डर हाल्न आग्रह गरे ।

देउवाले निर्माण व्यवसायीहरूको माग बमोजिम नै निर्माण उद्योगलाई समृद्ध बनाउन सार्वजनिक खरिद नियमावलीको एघारौं संशोधन मन्त्रिपरिषद्ले पारित गरेको बताए । देउवाले मुलुकको विकासमा निर्माण व्यवसायीहरूले गरेको योगदानको प्रशंसा गरे । देउवाले भने, ‘गुणस्तरीय निर्माण उद्योग निर्माणका लागि व्यवसायीहरूसँग सहकार्य गर्दै अघि बढ्न सरकार तयार छ ।’

प्रधानमन्त्री देउवाले हालै पास भएको एमसीसी सम्झौताबाट फाइदा लिन निर्माण व्यवसायी महासंघ लगायतका निजी क्षेत्रका संघ संस्थाहरूलाई सुझाव दिए ।

प्रतिक्रिया