आइतबार, वैशाख २३, २०८१

प्युर ईभीका दुई इलेक्ट्रिक स्कुटरका नयाँ भर्सन, यस्तो छ मूल्य र विशेषता !

नेपालखोज २०७८ फागुन २७ गते १५:१८

काठमाडौं । इन्डियन ब्रान्ड इलेक्ट्रिक स्कुटर प्युर ईभीका दुई प्रख्यात मोडलका नयाँ भर्सन नेपाली बजारमा आएका छन् । नेपालका लागि प्युर ईभीको आधिकारिक विक्रेता ह्‌वाइट लोटस मोटर्सले उक्त दुईवटा नयाँ भर्सनका इलेक्ट्रिक स्कुटर बिक्री सुरु गरेको हो । पहिलेदेखि नै चलेका यी दुईवटा मोडल थप विशेषतासहित आएका छन् । जसमा इप्लुटो सेभेन जी र इन्ट्रान्स निओ रहेका छन् ।

यस्ता छन् विशेषता :
दुवै मोडलमा कम्तिमा १५०० र बढिमा २२०० वाट पावर दिने पावरफुल मोटर जडान भएको र यसले उकालो बाटोमा पनि दुईजना तान्न सक्ने क्षमता रहेको जनाइएको छ । दुवै मोडलमा ६० भोल्ट, ४० एम्पिएरको लिथियम ब्याट्री प्रयोग गरिएको छ जसलाई चार्ज गर्न ४ घण्टा लाग्ने र ब्याट्री झिकेर घरभित्र लगेर चार्ज गर्न पनि मिल्नेछ र साथै ब्याट्री नझिकेर स्कुटरमै डाइरेक्ट चार्ज गर्न पनि मिल्नेछ । जसलाई एकपटकको फुल चार्ज मा ११६ किलोमिटरसम्म गुडाउन मिल्छ । यसलाई तीनवटा मोडमा चलाउन मिल्छ जसमा इको मोड, सिटी मोड र स्पोर्ट मोड जसमा इकोमा कम स्पिड, सिटी मोडमा मध्यम र स्पोर्टमा अधिकतम ६० किमि प्रतिघण्टासम्म गुडाउन मिल्छ । दुवै मोडलमा अगाडि डिस्क र पछाडि ड्रम ब्रेक प्रयोग गरिएको छ ।

ग्राउन्ड क्लियरेन्स पनि दुवैको बराबर यानि कि १५३ एमएम छ । यसमा अन्य धेरै सुविधाजस्तै डिजिटल डिस्प्ले, एन्टी थेप्ट अलार्मलगायत अन्य थुप्रै सुविधा छन् । दुवै मोडल विभिन्न आकर्षक रङमा उपलब्ध छन् । अहिले आएको नयाँ भर्सन मा दुवै स्कुटरको सिटमुनि हाफ हेल्मेट अट्ने स्पेस रहेको कम्पनीले जनाएको छ ।

वारेन्टीको कुरा गर्दा ब्याट्रीमा ३ वर्ष र अन्य मोटरलगायत इलेक्ट्रोनिक सामानमा एक वर्षको छ । कम्पनीले एक वर्षको नि:शुल्क सर्भिसिङ उपलब्ध गराउँछ र त्यसपछि सर्भिसिङका लागि कम्पनीकै आधिकारिक सर्भिस सेन्टरबाट सुविधा उपलब्ध गराउनेछ । इप्लुटो सेभेन जीको मूल्य दुई लाख ७५ हजार रुपैयाँ र इन्ट्रान्स निओको दुई लाख ६० हजार रुपैयाँ छ । कम्पनीले यो स्कुटर खरिद गर्न फाईनान्सको पनि सुविधा पनि उपलब्ध गराउनेछ ।

हाल कम्पनीका काठमाडौं उपत्यकाभित्र नक्साल, टेकु, गणबहाल मा शोरुम रहेका र उपत्यकाबाहिर दमक, इटहरि, बर्दिबास, जनकपुर, महोत्तरीको गौशाला, हेटौंडा, भरतपुर, बुटवल, सुर्खेत आदि ठाउँमा शोरुमबाट बिक्री-वितरण गरिरहेको र अब छिटै अन्य ठाउँमा पनि शोरुम खोल्न लागिरहेको कम्पनीका आधिकारिक प्रतिनिधि अशोक अर्यालले बताए ।

इलेक्ट्रिक सवारीसाधनको प्रयोगको महत्त्वका बारेमा प्रस्ट पार्दै अर्यालले भने, ‘महँगो पेट्रोल तथा प्रदूषणबाट राहत पाउन र आफ्नै देशमा उत्पादित सस्तो विद्युतीय ऊर्जाकै सदुपयोग गर्दै इन्धनका लागि देशको पैसा विदेशिनबाट रोक्न सबैले इलेक्ट्रिक सवारीसाधनमा जोड दिन सके व्यक्ति तथा राष्ट्र धनी हुनेछ ।’

प्रतिक्रिया