महालक्ष्मीले दियो क्याम्पसलाई गमला

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले ‘एक शाखा, एक सामाजिक उत्तरदायित्व’ को नारालाई आत्मसात् गर्दै विभिन्न सामाजिक तथा आर्थिक रुपान्तरणका कार्य संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमका माध्यमबाट संचालन गर्दे आइरहेको छ ।
सोही कार्यलाई निरन्तरता दिदैं महालक्ष्मी विकास बैंकको बेलौरी शाखाले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत महाकाली बहुमुखी क्याम्पस, बेलौरीलाई १७० थान गमला सहयोग गरेको छ ।
क्याम्पस प्रांगणमा आयोजित एक विशेष कार्यक्रमकाबिच क्याम्पसलाई गमला प्रदान गरेको कुरा महालक्ष्मी विकास बैंक शाखा कार्यालय बेलौरीका शाखा प्रबन्धक रामबहादुर विकले जानकारी गराए । क्याम्पसको शैक्षिक गुणस्तरमा टेवा पु¥याउने र स्वच्छ, मनोरम वातावरणमा शैक्षिक गतिविधि सञ्चालन गर्न सहयोग पुगोस् भन्ने उद्देश्यले क्याम्पसलाई गमला वितरण गरिएको शाखा प्रबन्धक विकले बताए । उक्त गमला हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दे क्याम्पस सञ्चालक समिति अध्यक्ष हरेन्द्र सिंह विष्टले क्याम्पसको पर्यावरणीय सौन्दर्यता थप्नका निमित्त फुलका गमला दिई सहयोग गरेकोमा महालक्ष्मी विकास बैंकले गरेको कार्यको खुलेरै प्रसंशा गरे ।
आगामी दिनहरुमा पनि संस्थागत सामाजिक उत्तरदायित्व काकार्यहरुलाई थप प्रभावकारीरुपमा निरन्तरता दिने कुरा बैंकले जनाएको छ ।
बैंकले प्रदेश १ मा ५, मधेस प्रदेशमा १५, वाग्मतीमा ३७, गण्डकीमा ९, लुम्बिनीमा १८, कर्णालीमा २ र सुदूरपश्चिम प्रदेशमा १७ गरी कुल १०३ शाखामार्फत करिब ६ लाख ग्राहकलाई उच्चस्तरीय वित्तीय सेवाहरु सरलीकृत तवरले प्रदान गर्दै आइरहेको छ ।
बैंकले ग्राहकहरुको वैदेशिक यात्राको क्रममा कारोबार थप सुरक्षित, सहज र भरपर्दो होस भन्ने उद्देश्यले भिसा इएमभी चिप बेस ट्राभल कार्ड, ई कमर्स कार्ड र डलर कार्ड जारी गरिसकेको छ । समग्रमा चिप बेस ट्राभल कार्ड, ई कमर्स कार्ड र डलर कार्ड जारी गर्ने अग्रणी तथा एक मात्रविकास बैंक : महालक्ष्मी विकास बैंक रहेको दाबी पनि बैंकले गरेको छ ।
प्रतिक्रिया