विश्वव्यापी व्यापार गर्ने सीपको आधार, किङ्स कलेजको ‘हल्ट प्राइज अन क्याम्पस’
फागुन २८ गते शनिबार फाइनल इभेन्ट्स हुने

काठमाडौं । काठमाडौंस्थित किङ्स कलेजले आयोजना गरेको ‘हल्ट प्राइज अन कयाम्पस’ कार्यक्रमको चारवटा सेशन सम्पन्न भएका छन् । फागुन २८ गते शनिबार फाइनल इभेन्ट्स हुने भएको छ । ‘हल्ट प्राइज अन कयाम्पस’ मा विद्यार्थीहरूले व्यापार तथा उद्यमका सम्बन्धमा प्रस्तुतीकरण गरे ।
विद्यार्थीहरूको प्रस्तुतीकरणको अन्तिम नतिजा शनिबार फाइनल इभेन्ट्स गर्दै सार्वजनिक गरिने भएको छ ।विद्यार्थीहरुको नेतृत्व क्षमताको विकास र प्रतिभालाई उजागार गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको कलेज प्रशासनले जनाएको छ । चारवटा सेशनमा विभिन्न क्षेत्रका व्यक्तिहरूले सहभागीहरूलाई अनुभव सुनाएका थिए ।

फागुन २७ गते शुक्रबार चौथो सत्रमा आशा टाइम्सका निर्देशक सुवास शर्माले आफ्नो स्वतन्त्र काम, उद्यम र पोडकास्टसम्बन्धी अनुभव व्यक्त गरे । शर्माले पहिलो पटक कुनै काम गर्दा गल्ती गर्नु जीवनको सिकाइ तथा अनुभव हुने भन्दै नयाँ पोडकास्टको अन्त्य गरेका थिए ।

यस्तै फागुन २३ गते सोमबार तेस्रो सत्रको लागि किंग्स इन्क्यूबेटरका प्रमुख सुशान्त रिजालले बिजनेश मोडेल क्यानभासको भूमिका र महत्वका बारेमा सहभागीहरुलाई मार्गदर्शन गरेका थिए ।

यस्तै फागुन २० गते शुक्रबार हल्ट पुरस्कारको माध्यमबाट विद्यार्थीहरूले व्यापारमा विश्वव्यापी प्रतिस्पर्धाका लागि ज्ञान लिनसक्ने निष्कर्ष निकालिएको छ । उक्त दिन अनलर्न एकेडेमीमा आबद्ध सहजकर्ता सुजित श्रेष्ठ थिए । उनले सहभागीहरूलाई पिचिङ स्किल्सका लागि केही उपायहरू सिकाए ।

यस्तै गत फागुन १९ गते भएको पहिलो सत्रमा किंग्स कलेजका एकजना विद्यार्थी, युवा र सफल उद्यमी अमुल्य लोहनीले आफ्नो अनुभव सुनाएका थिए । लोहनीको अनुभवसँगै व्यापार प्रवद्र्दनसम्बन्धी ज्ञान प्राप्ती भएको सहभागीहरूले प्रतिक्रिया दिएका छन् ।
प्रतिक्रिया