बिहीबार, असार १९, २०८२

घरेलु तथा साना उद्योग महासंघमा सिंहको अध्यक्षतामा नयाँ कार्यसमिति

नेपालखोज २०७८ फागुन २८ गते १०:३९

काठमाडौं । नेपाल घरेलु तथा साना उद्योग महासंघमा उमेशप्रसाद सिंहको अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएको छ । यसअघि वरिष्ठ उपाध्यक्ष रहेका सिंहले महासंघको संस्थापक सदस्य हुँदै विभिन्न जिम्मेवारीका साथै कार्यवाहक अध्यक्षको समेत जिम्मेवारी सम्हालिसकेका छन् ।

महासंघको वीरगन्जमा सम्पन्न २५औं राष्ट्रिय महाधिवेशन तथा २२औं राष्ट्रिय महिला उद्यमी सम्मेलनबाट वरिष्ठ उपाध्यक्षमा सूर्यबहादुर कँडेल तथा उपाध्यक्षहरूमा लघु उद्यमतर्फ पूर्णबहादुर भण्डारी, घरेलु उद्योगतर्फ प्रकाश रावल, साना उद्योगतर्फ चन्दनकृष्ण श्रेष्ठ, अन्तर्राष्ट्रिय सम्बन्ध मुकेश उपाध्याय, महिलातर्फ शोभा गुरुङ, वस्तुगततर्फ मोहन कटुवाल, एसोसिएटतर्फ शान्ता वास्कोटा कोइराला, सहकारीतर्फ सत्यनारायण प्रजापति, कृषितर्फ हरिहर थापा, पर्यटनतर्फ राजेन्द्रमान श्रेष्ठ निर्वाचित भएका छन् ।

महासंघको महासचिवमा डम्बरप्रसाद रेग्मी, कोषाध्यक्षमा अच्यूत पाण्डे, सचिवहरूमा दीपकबहादुर बुढा, सहकारीतर्फ भेषराज पाण्डे, वस्तुगततर्फ महेन्द्रबहादुर चित्रकार, एसोसिएटतर्फ रुद्रप्रसाद न्यौपाने, सह–कोषाध्यक्षमा ज्ञानबहादुर खड्का तथा ८० जना सदस्य निर्वाचित भएका छन् ।

यसैगरी महासंघकै केन्द्रीय महिला उद्यमी समितिमा रोशनी उपाध्यायको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित भएको छ । वरिष्ठ उपाध्यक्षमा रिता अवाल, उपाध्यक्ष उद्यम व्यवसायतर्फ कृष्णाकुमारी पाठक, उपाध्यक्ष संगठनतर्फ तारा आचार्य, महासचिवमा डा. सोनी महतो, कोषाध्यक्षमा मीना तामाङ, सचिवमा दीपा शाक्य तथा १४ जना सदस्य छन् ।

नवनिर्वाचित अध्यक्ष सिंहले महासंघको गरिमालाई उच्च बनाएर लघु, घरेलु तथा साना उद्योगीहरुको हक हितमा काम गर्ने बताए । महासंघको उपस्थितिलाई देशैभर व्यापक बनाउँदै लैजाने र उद्योगीहरूलाई आत्मस्वाभिमानका साथ अगाडि बढ्न सक्ने वातावरण बनाउन लागिपर्ने पनि उनले बताए ।

प्रतिक्रिया