मंगलबार, जेठ १, २०८१

उठ्दै छन् भूकम्पले भत्काएका सम्पदा (फोटो फिचर)

नेपालखोज २०७८ फागुन २८ गते १४:५३

काठमाडौं । २०७२ सालको विनाशकारी भूकम्पले राजधानीका सम्पदा भत्काएको ७ वर्ष हुन लागिसक्यो । सरकारले औचित्य सकिएको भन्दै पुनर्निर्माण प्रधिकरण खारेज गरिसक्यो । तर राजधानीको सम्पदा अझै पुनर्निर्माण भइरहेको छ ।

ललितपुरको ठेचो, बुङमती, पाटन, काठमाडौंको वसन्तपुर, जैसीदेवल, भक्तपुरको दरवारपरिसर र दत्तात्रय वरपर धमाधम मन्दिर पाटीपौवा पुननिर्माणको काम भइरहेको देख्न सकिन्छ । सम्पदाको निर्माण अनि पुननिर्माण सजिलो पक्कै छैन । आस्था, विश्वाससँगै ऐतिहासिक एवं पुरातात्विक महत्वलाई जस्ताको तस्तै राख्न चूनौतिपूर्ण छ । पुराना पुस्ता वितेसँगै सम्पदा पुननिर्माणमा सघाउने कालिगढको समेत अभाव रहेको निमार्णमा संलग्नहरु बताउँछन् ।

परम्परागत प्रविधि र शीपको हस्तान्तरण र पुस्तान्तरण नहुँदा, मठ मन्दिर जीवित नै रहँदा यसमा प्रयोग गरिएको कला तथा प्रविधिको विवरणहरु संग्रह नगरिनुले पनि सम्पदा निर्माणमा ढिलाई भइरहेको छ ।

.

प्रतिक्रिया