शनिबार, जेठ ५, २०८१

टाटा मोटर्सको तयारी : ४ नयाँ इलेक्ट्रिक गाडी

नेपालखोज २०७८ फागुन २९ गते १२:३९

काठमाडौं । इलेक्ट्रिक वाहनको बढ्दो मागलाई ध्यानमा राख्दै टाटा मोटर्सले चाँडै इलेक्ट्रिक वाहनहरु लन्च गर्ने योजना बनाएको छ । यस क्रममा विद्यमान केही मोडेलका इलेक्ट्रिक भर्सन बजारमा आउनेछन् भने केही नयाँ मोडल पनि तयार पारिने बताइएको छ ।

टाटाक‍ो नेक्स‍न अहिले सर्वाधिक बिक्री हुने इलेक्ट्रिक कार भएको छ । इलेक्ट्रिक कारको यही सेगमेन्ट आफ्नो सिक्का जमाउन टाटा कम्पनीले चारवटा नयाँ मोडल लन्च गर्ने योजना बनाएको हो । हेरौं टाटाका अपकमिङ इलेक्ट्रिक कारको डिटेल :

Tata Nexon EV Facelift
अपडेटेड टाटा नेक्सन ईभी सामान्य स्टायल परिवर्तनका साथ तयार हुँदै छ भने यसलाई लामो ड्राइभिङ रेन्ज क्षमताका साथ निर्माण गरिँदै छ । यो अपडेटेड टाटा नेक्सन ईभी यही अंग्रेजी वर्षको मध्यसम्ममा बजारमा आउने अपेक्षा गरिएको छ ।

Tata Blackbird EV
हुन्डाई क्रेटा तथा किया सेल्टोसलाई टक्कर दिन टाटाले एउटा नयाँ मिडसाइज एसयूभीमा पनि काम गरिरहेको बताइन्छ । यो आगामी मोडल Nexon को X1 प्लेटफर्ममा आधारित हुनेछ भने यो एउटा कुप टाइप एसयूभी हुनेछ । भनिन्छ यो कारको पहिले इलेक्ट्रिक भर्सन नै लन्च हुनेछ । यो नयाँ एसयूभी आउने अंग्रेजी वर्ष अर्थात् २०२३ भित्र सार्वजनिक हुने सम्भावना छ ।

Tata Altroz EV
टाटा अल्ट्रोज ईभी २०२० को दिल्ली अटो एक्सपो मा देखिएको थियो । यद्यपि यसको उत्पादन अहिलेसम्म सुरु हुन सकेको छैन । भनिन्छ अब यो कार यही अंग्रेजी वर्षको अन्त्य सम्ममा लन्च हुँदै छ । य‍ो इलेक्ट्रिक ह्याचब्याक शक्तिशाली ब्याट्रीले सुसज्जित हुने बताइएको छ ।

Tata Sierra EV
टाटा मोटर्सले २०२० को दिल्ली अटो एक्सपो मा Sierra EV को कन्सेप्ट प्रस्तुत गरेको थियो जसले निकै चर्चासमेत पायो । टाटा सिएरा ईभी सिग्मा प्लेटफर्ममा निर्माण हुनेछ । यो ईभी २०२५ पहिले जुनसुकै समयमा लन्च हुनसक्ने बताइएको छ ।

प्रतिक्रिया