आइतबार, जेठ ६, २०८१

सहज स्वास्थ्य सेवाका लागि जुम्लाका गाउँमा एम्बुलेन्स

नेपालखोज २०७८ फागुन २९ गते १०:१८

जुम्ला । जुम्लाको तातोपानी गाउँपालिकाले आफ्नै एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ । दुर्गम गाउँका बिरामीलाई स्वास्थ्य संस्था तथा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्म आवतजावत गर्न सहज हुने भएकोले एम्बुलेन्स सेवा सञ्चालनमा आएको हो ।
गाउँपालिकाका अध्यक्ष नवराज न्यौपानले जनताले सहज स्वास्थ्य सेवा पाउन् भन्ने उदेश्यले एम्बुलेन्स सेवा सञ्चालन गरिएको बताए ।
प्रमुख प्रशासकीय अधिकृत मिलन थापाले एम्बुलेन्सबाट वडा नं ७ र ८ का भेरीखेला क्षेत्रका नागरिकलाई बढी राहत पुगेको बताए । विपन्न नागरिक, गर्भवती, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिकलाई निःशुल्क एम्बुलेन्स सेवा दिने पालिकाको लक्ष्य रहेको थियो । सबै वडाका अधिकांश बस्तीमा सडक पुगिसकेको जनाइएको छ ।

प्रतिक्रिया