शनिबार, जेठ ५, २०८१

सुनचाँदीकाे मूल्य सामान्य बढ्याे

नेपालखोज २०७८ फागुन २९ गते १०:४८

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको भाउ बढेको छ । छापावाल सुन आज प्रतितोला २ सय रूपैयाँले बढेर १ लाख २ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार छापावाल सुन १ लाख २ हजार ६ सय रुपैयाँमा कारोबार भएकाे थियाे ।

त्यस्तै, महासंघका अनुसार आज तेजाबी सुनको मूल्य पनि २ सय रूपैयाँले बढेको छ । आज तेजाबी सुन १ लाख २ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार तेजाबी सुन १ लाख २ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, चाँदीको मूल्य १० रुपैयाँले बढेकाे छ । आज चाँदी १४ सय २५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया