बिहीबार, वैशाख २०, २०८१

मोरङमा बालिकाको हत्या गर्ने दुईजना पक्राउ

नेपालखोज २०७८ फागुन २९ गते १४:४५


काठमाडौं । १८ महिने बालिकाको हत्या आरोपमा दुईजना पक्राउ परेका छन् । मोरङको सुन्दरहरैचा नगरपालिका-७ की बालिकाको हत्या आरोपमा उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

घरबाट शुक्रवार अपराह्न ४ बजे हराएकी बालिका ५ बजेतिर घरभन्दा १५० मिटर दूरी पश्चिममा अचेत अवस्थामा फेला परेकी थिइन् । उनको विराटनगरस्थित नोबेल अस्पतालमा उपचारका क्रममा हिजो मृत्यु भएको प्रहरीले जनाएको छ। हत्या आरोपमा दुई जनालाई नियन्त्रणमा लिएको तर नाम सार्वजनिक नगरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी मञ्जिल मुकारुङले जानकारी दिए ।

प्रतिक्रिया