शनिबार, जेठ ५, २०८१

राष्ट्र बैंकद्वारा दुई अर्बको नागरिक बचत पत्रको बिक्री आह्वान

नेपालखोज २०७८ फागुन २९ गते १४:०९

काठमाडौं । नेपाल राष्ट्र बैंकले दुई अर्ब रुपैयाँ बराबरको नागरिक बचत पत्र बिक्री गर्ने भएको छ । राष्ट्र बैंकका अनुुसार यही चैत्र एक गतेदेखि चैत्र २० गतेसम्म पाँच वर्षे अवधिको नागरिक बचतपत्र २०८३ “क” बिक्री गर्न लागिएको हो ।

नेपाली नागरिकहरुले खरिद गर्न सकिने यो बचतपत्रको निष्काशन अवधि २०७८ चैत्र तोकिएको छ भने, सावाँ भुत्तानी अवधि २०८३ चैत्र ३० गते तोकिएको छ । खरिद गरिएको उक्त बचतपत्र धितो राखेर कर्जा लिन र दिनसमेत पाईने छ भने, खरिद गरिएको बचतपत्र अर्धवार्षिकरुपमा व्याज भुक्तानी हुनेछ ।

वार्षिक १० प्रतिशत व्याजदर तोकिएको यो बचत पत्रको व्याज आम्दानीमा व्याज कर लाग्नेछ । राष्ट्र बैंकका अनुसार बचतपत्र खरिदका लागि घटीमा १० हजार रुपैयाँ र बढीमा कुल निष्काशित रकमको सीमामा नबढाई १० हजारले भाग गर्दा निःशेष भाग जाने अंकसम्मको सिमामा रहेर खरिद गर्न सकिने छ ।

प्रतिक्रिया