बिहीबार, वैशाख २०, २०८१

‘प्रदेशको नामकरण हुन नसक्दा हिनताबोध भइरहेको छ’

नेपालखोज २०७८ फागुन २९ गते १५:५७


काठमाडौं । प्रदेश नं १ काे प्रदेशसभाको बैठकमा ‘प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानलाई व्यवस्था गर्न बनेको विधेयक, २०७८ माथि संशोधनसहित दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव सर्वसम्मत पारित भएको छ । बैठकमा सामाजिक विकासमन्त्री राजन राईले प्रस्ताव प्रस्तुत गरे ।

प्रदेशसभाको आजको बैठकको शून्य समयमा सदस्य अम्बिका थापाले रातो किताबमा उल्लेखित योजना र बजेटलाई सरकारले निरन्तरता दिनुपर्ने बताइन् । सदस्य जसमाया गजमेरले हिंसामा परेका महिला तथा बालबालिकाको उपचारमा खटिने जनशक्तिको अवस्थाका बारेमा सरकार सचेत हुनुपर्ने बताए ।

सदस्य राजकुमार ओझाले पूर्व-पश्चिम रेलमार्गमा परेका जग्गाका पीडित परिवारलाई सरकारले छिट्टै राहत उपलब्ध गराउनुपर्नेमा जोड दिए । सदस्य लीला सुब्बा र लोकप्रसाद सङ्ग्रौलाले प्रदेशको नामकरण हुन नसक्दा हिनताबोध भइरहेको टिप्पणी समेत गरे । सदस्य सरिता थापाले संखुवासभाको मादीमा भएको सडक दुर्घटनामा परी ज्यान गुमाउनेका परिवारलाई सरकारले राहत उलब्ध गराउनुपर्नेमा जोड दिइन् । प्रदेशसभाको अर्को बैठक आगामी चैत्र १० गते दिउँसो १ बजे बस्ने सभामुख प्रदीपकुमार भण्डारीले बताए ।

प्रतिक्रिया