शनिबार, जेठ ५, २०८१

के भयो माइक्रो फाइनान्स एसोसिएसनको दोस्रो वार्षिक साधारणसभामा ?

नेपालखोज २०७८ फागुन २९ गते २३:००

काडमाडौं । लघुवित्तका लगानीकर्ताहरुको साझा संस्था माईक्रो फाइनान्स एसोसिएसन अफ नेपाल (एमफान) को दोस्रो बार्षिक साधारण सम्पन्न भएको छ । पुर्वउपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न सभाको सभापतित्व एमफानका अध्यक्ष जगतबहादुर पोखरेलले गरेको थिए ।

सभामा बोल्दै प्रमुख अतिथि पौडेलले लघुवित्त क्षेत्रको समस्या समाधानका लागि सरकार र नेपाल राष्ट्र बैंकले एसोसिएसनसगँ सहकार्य गर्नुपर्ने बताएका छन् । लघुवित्तको माध्यमवाट कसरी देशलाई समुन्नत बनाउने, कसरी रोजगारी सृजना गर्ने र लघुवित्तका सेवाग्राहीहरुले चर्को व्याजदरको बोझ भोग्न नपर्ने कसरी बनाउन सकिन्छ, यस बिषयमा सरकारले एसोसिएसन गँ सहकार्य गरी अगाडि बढ्नुपर्ने बताएका हुन् । पौडेलले लघुवित्तप्रति जनताको आकर्षण बढ्दै जाओस् भन्दै शुभकामना पनि व्यक्त गरेका थिए ।

वार्षिक साधारण सभामा नेपाल राष्ट्र बैंकका निर्देशक डा.शालिकराम पोख्रेल, नेपाल राष्ट्र बैंकका पुर्व कार्यकारी निर्देशक तथा नेशनल लघुवित्तका अध्यक्ष केशवप्रसाद आचार्यलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । सभामा लघुवित्तका विषयमा विद्यावारिधी गरी विज्ञता हासिल गरेका पाँच जनालाई विषेश सम्मान गरिएको थियो । नेपाल राष्ट्र बैकका निर्देशक डा.शालिकराम पोख्रेल, पुर्व सचिव डा.मानबहादुर बिश्वकर्मा, त्रिभुवन विश्वविद्यालयका प्रध्यापक डा.पुष्पराज शर्मा, त्रिभुवन विश्वविद्यालयका उपप्रध्यापक डा.भरतसिंह थापा र अर्थविद नरहरी ढकाललाई प्रमाणपत्रसहित दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

एसोसिएसनका उपाध्यक्ष भगवती चौधरीले लघुवित्तले तिर्दै आएको ३० प्रतिशत करमध्ये २० प्रतिशत सरकारलाई र बाँकी १० प्रतिशतवाट लघुवित्त कोष स्थापना गरी उक्त कोषबाट नै लघुवित्तलाई ऋण प्रवाह गरेमा लघुवित्त संचालनमा सहजहुने बताएकी छन् । २ चरणमा सम्पन्न साधारण सभामा पहिलो चरणको कार्यक्रम संचालन एसोसिएसनका महासचिव बाबुराम बिश्वकर्माले गरेका थिए भने दोस्रो चरणको बन्दसत्रको संचालन एसोसिएसनका सचिव अनन्तकुमार श्रेष्ठले गरेका थिए ।

बन्द सत्रमा अध्यक्षता ग्रहण गर्दै एसोसिएसनका अध्यक्ष जगत बहादुर पोखरेलले आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रगति प्रतिवेदन पेस गर्दै लघुवित्त क्षेत्रको समस्या समाधानका लागि नेपाल सरकार, नेपाल राष्ट्र बैंकसँग निरन्तर कुरा उठाईरहेको बताएका छन् । अध्यक्षले सभामा प्रस्तुत प्रगति प्रतिवेदनसहित प्रस्तावित कार्यक्रमहरु सर्वसहमतिमा पारित भएको थियो भने बन्दसत्रमै एसोसिएसनका कोषाध्यक्ष नरेश केसीले प्रस्तुत गरेको वार्षिक आर्थिक प्रतिवेदन पनि सर्वसहमतिमा पास भएको थियो ।

प्रतिक्रिया