बिहीबार, जेठ ३, २०८१

कांग्रेस सहभागी गराउन एकीकृत समाजवादीले त्याग गर्नुपर्छ : प्रचण्ड

नेपालखोज २०७८ फागुन ३० गते १०:४३

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सुदूरपश्चिम प्रदेश सरकारमा नेपाली कांग्रेस सहभागी हुने विषयमा छलफल भइरहेको बताएका छन् । ’ पार्टीको प्रशिक्षण कार्यक्रमका लागि आज सोमबार बिहान धनगढी पुगेका उनले विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रदेश सरकारमा कांग्रेससमेत सहभागी हुने विषयमा गठबन्धनका दलहरूबीच कुराकानी भइरहेको बताएका हुन् ।

उनले भने, ‘कांग्रेसको सहभागिता प्रदेश सरकारमा छैन । यो विषयमा बैठकमा कुरा भयो । तर सरकारमा मन्त्रालय थप गर्न नसकिने भएकाले सबैभन्दा बढी मन्त्री भएको एकीकृत समाजवादीले नै त्याग गर्नुपर्छ भनेर माधवजीलाई मैले भनेको छु । उनले कांग्रेसलाई पनि सहभागी गराउने भन्ने टुंगिसकेको र कसलाई कति मन्त्री दिने भन्ने टुंगिन बाँकी रहेको पनि बताए । एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले पार्टीमा यो विषयमा छलफल गर्ने बताएको प्रचण्डको भनाइ छ । प्रदेश सरकारको नेतृत्व फेर्ने विषयमा समेत गठबन्धनमा छलफल भएको उनको भनाइ छ । अध्यक्ष प्रचण्डले गठबन्धनले सल्लाह गरेर कांग्रेसलाई सरकारमा सहभागी गराउने वातावरण बनाइने बताए ।

प्रतिक्रिया