शनिबार, जेठ ५, २०८१

सुनचाँदीको भाउ घट्यो

नेपालखोज २०७८ फागुन ३० गते १०:५३

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको भाउ घटेको छ । छापावाल सुन आज प्रतितोला ५ सय रूपैयाँले घटेर १ लाख २ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार १ लाख २ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, महासंघका अनुसार आज तेजाबी सुनको मूल्य पनि ५ सय रूपैयाँले घटेको छ । आज तेजाबी सुन १ लाख १ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार १ लाख २ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, चाँदीको मूल्य १० रुपैयाँले घटेको छ । आज चाँदी १४ सय १५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया