शुक्रबार, असार २०, २०८२

मदन भण्डारी राष्ट्रिय सम्मेलन चैत्र ५ मा तय

नेपालखोज २०७८ फागुन ३० गते ११:१६

काठमाडौं । मदन भण्डारी फाउन्डेसन तेस्रो राष्ट्रिय सम्मेलन आगामी चैत्र ५ गते काठमाडौँमा हुने भएको छ । ‘जनताको बहुदलीय जनवाद, राष्ट्र निर्माणको आधार’ भन्ने मूल विषयसहित हुने सम्मेलनले नयाँ नेतृत्वसमेत चयन हुने भएकाे छ ।

सातवटै प्रदेशका प्रतिनिधि सहभागी हुने सम्मेलनको उद्घाटन नेकपा एमाले का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने फाउन्डेसनका सचिव पेम्बा लामाले बताए ।

प्रतिक्रिया