शुक्रबार, चैत १६, २०८०

नेपाल र साउदीबीच भोलि ‘जनरल कोअप्रेसन एग्रिमेन्ट’ हुँदै

नेपालखोज २०७८ फागुन ३० गते १९:५९

काठमाडौं । साउदी अरब र नेपालबीच काठमाडौंमा ‘जनरल कोअपरेसन एग्रिमेन्ट’ सहयोग सम्झौता हुने भएको छ । नेपालमा साउदी अरबका राजकुमार तथा विदेशमन्त्री फैसल विन फहरान अल साउदको नेपाल भ्रमणको बेला उक्त सम्झौतापत्रमा मंगलबार हस्ताक्षर हुन लागेको हो ।

नेपाल र साउदी अरबका विदेशमन्त्रीबीच मंगलबार नै द्विपक्षीय बैठक हुनेछ । बैठकमा विभिन्न विषयमा कराकानी हुने भएको छ । कोभिड पछिको विकास निर्माण, अन्तर्राष्ट्रिय फोरममा एकअर्काको साथरसमर्थन र वैदेशिक रोजगारीका विषयमा समेत छलफल हुने भएको छ ।

बैठकमा नै दुई देशबीच सहयोग सम्झौता हस्ताक्षर गर्ने भएका छन् ।

प्रतिक्रिया