आइतबार, वैशाख २३, २०८१

‘पीरले’ महिलाको चरित्र हत्या गरेको माओवादीका भ्रातृ संगठनहरुको ठहर

नेपालखोज २०७८ फागुन ३० गते १२:२६

काठमाडौं । नेकपा माओवादी केन्द्र निकटभ्रातृ संगठनले गायक प्रकाश सपुतको ‘पीर’ नामक गीतले जनयुद्धमा लागेका महिलालाई अपमान गरेको आरोप लगाएका छन् । अखिल नेपाल महिला संघ, जनक्रान्तिका घाइते तथा अपाङ्गता योद्धा संघ, जनसांस्कृतिक महासंघ र प्रेस सेन्टरलगायतले विज्ञप्ति जारी गरी गीतको भिडियोमा जनयुद्धमा होमिएका महिला र पुरुष अनैतिक कार्यमा पनि लागेको जस्तो व्यहोरा झल्कने गरी समग्र जनयुद्धप्रति नै अपमान गरेको भन्दै आपत्ति जनाएका छन् ।

‘ नितान्त झुट र भ्रामक कार्य गर्ने उपर तुरुन्त कानुनी कारबाही गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराउदछौँ, साथै उक्त म्युजिक भिडियो युट्युब च्यानलबाट तुरुन्त हटाई त्यस्ता निन्दनीय गतिविधि तुरुन्त बन्द गर्न र आम नेपाली जनतासामु सार्वजनिक रुपमा अपराध स्वीकार गरी माफी माग्नसमेत आग्रह गर्दछौँ’ –विज्ञप्तिमा भनिएको छ । –रासस

प्रतिक्रिया