शनिबार, वैशाख २२, २०८१

पाल्पाका किसान च्याउ खेतीतर्फ आकर्षित

नेपालखोज २०७८ फागुन ३० गते १३:१६

काठमाडौं । पाल्पाका किसान पछिल्लो समय च्याउ खेतीतर्फ आकर्षित हुँदै गएका छन् । कम लगानी र प्रतिफल धेरै हुन थालेपछि उनीहरु व्यावसायिक रुपमा च्याउ उत्पादन गर्न थालेका हुन । किसान परम्परागत खेती गर्न छाडेर काठको मुढामा सिताके जातको च्याउखेती गर्न थालेका छन् । सामूहिक तथा व्यक्तिगत रुपमा च्याउखेती गरी गाउँमा प्रशस्त आम्दानी हुन थालेपछि उनीहरुको जीवनशैलीमा परिवर्तन आउन थालेको छ ।

तानसेन नगरपालिका–८, मदनपोखराका ६३ परिवारले सामूहिकरुपमा सिताके च्याउखेती थालेका छन् । प्रतिपरिवार १० हजार रुपैयाँका दरले उठाएर च्याउखेती गरेको बताए । तानसेनका व्यवसायी अनिल घिमिरेले दुई लाख पचास हजार रुपैयाँ लगानी गरेर च्याउखेती सुरु गरेको छ । अहिले उनको च्याउ फार्ममा पचास लाख रुपैयाँ बराबरको लगानी रहेको छ । पाँच सय काठका मुढाबाट च्याउखेती थाल्नुभएको घिमिरेसँग अहिले पाँच हजार मुढा रहेका छन् । घिमिरेले स्थानीय सामुदायिक वनबाट काठका मुढा किनेर सिताके च्याउखेती सुरु गरेको हो । उनले वार्षिक १५ लाख रुपैयाँ सम्म आम्दानी हुने बताए ।

व्यावसायिक रुपमा च्याउखेती गर्न थालेपछि किसानले नियमित आम्दानी गर्न थालेका छन् । मदनपोखरा सामूहिक सिताके च्याउ उत्पादक समूहका अध्यक्ष सन्तोष पृथीका अनुसार नियमित आम्दानी भएपछि घरखर्च गरी केही पैसा समूह, सहकारी र बैंकमा बचत गर्न थालेको बताए । परम्परागत खेती गर्दा बाँदर तथा अन्य वन्यजन्तुबाट जोगाउन समस्या हुने गरेकोमा अहिले च्याउ खेतीबाट प्रशस्त आम्दानी गर्न सफल भएको अध्यक्ष पृथीले बताए । उत्पादन भएको च्याउ पाल्पा, बुटवल, चितवन, पोखरालगायत ठाउँमा बिक्री हुने बताए ।

प्रतिक्रिया