आइतबार, असार २२, २०८२

‘एमसीसी देश र जनताको हितमा छ’

नेपालखोज २०७८ फागुन ३० गते १४:४१

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नागरिकले सहज रुपमा न्याय पाउन नसकेकाले प्रधानन्यायाधीश माथि महाअभियोग लगाउनुपरेको बताएका छन् । जसले न्यायालयको नेतृत्व गरेको छ उसको नेतृत्व असफल भएपछि समग्र न्यायालय सुधारका लागि संविधानसंमत सुधारको प्रयास थालिएको बताएका छन् ।

काठमाडौंको मीनभवनमा आयोजित नेपाली कांग्रेसको एकमहिने घरघर जाऊ कांग्रेस जिताउँ अभियानअन्तर्गत आयोजित कार्यक्रममा उनले जनताको घरघरमा पुगेर एमसीसी र महाअभियोगका विषयमा फैलाएका अनावश्यक भ्रमबारे बुझाउन र कांग्रेसलाई नागरिकका के-कस्ता सुझाव छन् बुझेर पार्टीमा जानकारी गराउनसमेत कार्यकर्ताहरुलाई आग्रह गरे । ‘एमसीसी देश र जनताको हितमा छ,’ उनले भने ।

उनले अहिलेको गठबन्धन निर्माण कांग्रेस रहर नभई परिस्थितिजन्य बाध्यता भएको भन्दै तत्कालीन सरकारले गरेको असंवैधानिक कामलाई रोक्न र संविधानलाई ट्रयाकमा ल्याउन गठबन्धन बनेको दाबीसमेत गरे ।

प्रतिक्रिया