मंगलबार, जेठ १, २०८१

वाग्मतीलाई नमुना प्रदेशका रुपमा विकास गर्नुपर्छ : अष्टलक्ष्मी शाक्य

नेपालखोज २०७८ फागुन ३० गते १४:४६

काठमाडौं । बागमती प्रदेशकी पूर्व मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले बागमतीलाई नमूना प्रदेशका रुपमा विकास गर्नुपर्ने धारणा राखेकी छन् । उनले विगतका सबै कमिकमजोरीलाई सच्याएर अगाडि बढ्नुपर्ने बताइन् ।

प्रमुख प्रतिपक्षी दलको नेताको हैसियतमा प्रदेशसभा बैठकमा आज आफ्नो धारणा राख्दै शाक्यले संसद् सञ्चालन गर्न सत्तापक्षले भन्दा बढी प्रमुख प्रतिपक्षका रुपमा आफूहरुले भूमिका खेलेको बताइन् । जनताप्रति सरकार र प्रतिपक्ष दुबै उत्तरदायी तथा जिम्मेवार हुनुपर्ने उनको भनाइ थियो । सरकार र प्रतिपक्ष कसैले पनि संकिर्ण सोच राख्न नहुने शाक्यले स्पस्ट पारिन् ।

उनले प्रदेशको आफूहरुसमेत सहभागी भई तयार गरेका सुरुङमार्ग, विद्युतीय बस सञ्चालन लगायतका महत्वपूर्ण योजना कटौती गर्ने सरकारको निर्णय उचित नभएको बताइन् । सदनबाट पास भएको बजेट सदनलाई जानकारी नदिई अन्यत्र खर्च गर्नु कानुन विपरीत हुने पूर्व मुख्यमन्त्री शाक्यको भनाइ रहेको छ ।

प्रतिक्रिया