बिहीबार, जेठ १०, २०८१

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

नेपालखोज २०७८ फागुन ३० गते १५:४२

काठमाडौं । बैंकिङ कसुर मुद्दाकी फरार प्रतिवादी राधा माताङगी पक्राउ परेकी छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का अनुसार माताङगीलाई भक्तपुरको सूर्यविनायकबाट सोमबार पक्राउ गरिएको हो ।

ललितपुर महानगरपालिका ६ घर भई हाल सूर्यविनायक ११, कमलविनायक बस्ने माताङगीले सानिमा बैंक लिमिटेड सूर्यविनायक शाखामा रहेको सानिमा नारी बचत खाताबाट रकम भुक्तान हुने भनि उक्त बैंक खातामा पर्याप्त रकम नभएको भन्ने जानी–जानी जाहेरवालालाई झुक्यानमा पारी २०७७ साउन २० गते चेक दिएकामा चेकमा उल्लेखित रकम भुक्तान हुन नसकेको ठहर गर्दै उच्च अदालत पाटनबाट माताङगीलाई बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ बमोजिमको कसुरमा १९ लाख रुपैंयाँ जरिवाना र पाँच दिन कैद हुने ठहर भएको थियो ।

फैसलालगत्तै फरार माताङगीलाई सीआईबीको फैसला कार्यान्वयन तथा खोजतलास एवं पक्राउका लागि परिचालित टोलीले सोमबार भक्तपुरको सूर्यविनायकबाट पक्राउ गरी फैसला कार्यान्वयनका लागि ललितपुर जिल्ला अदालतमा पेस गरिएको सीआईबीले जनाएको छ ।

प्रतिक्रिया