आइतबार, जेठ ६, २०८१

निर्वाचनलाई स्वच्छ, निष्पक्ष र पारदर्शी बनाउँ : कृष्ण सिटौला

नेपालखोज २०७८ फागुन ३० गते १६:१४

काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले आगामी स्थानीय तह निर्वाचनलाई स्वच्छ, निष्पक्ष र पारदर्शी बनाउनुपर्नेमा जोड दिएका छन् । झापाको बिर्तामोडस्थित डोमालाल रंगशालामा आयोजित नेपाल आइस पाँचौँ झापा गोल्डकपको समापन समारोहलाई सम्बोधन गर्दै उनले धारणा राखेका हुन् ।

उनले भने , ‘मुलुक निर्वाचनमा प्रवेश गरिसकेको छ । आचारसंहिताको पूर्णपालना गर्दै निर्वाचनलाई स्वच्छ, निष्पक्ष र पारदर्शी बनाउन आग्रह गर्छु ।’दुई महिनाभित्र निर्वाचन सम्पन्न हुने बताउँदै उनले नेपाल अनुशासित लोकतान्त्रिक पद्धति र प्रगतिको मार्गमा अघि बढिरहेको सन्देश विश्वलाई दिनुपर्ने उल्लेख गरे ।

नेता सिटौलाले खेलकुदको विकासमा सबै राजनीतिक दल, संघसंस्था लाग्नुपर्नेमा पनि जोड दिए । डोमालाल रगंशालाको संरक्षणमा सबैलाई जुट्न आग्रह गर्दै उनले यसका लागि स्थानीय तहले विशेष पहल गर्नुपर्नेमा जोड दिनपर्ने बताए ।
कार्यक्रममा रगंशालाका लागि जग्गादान गर्ने डोमालाल राजवंशीको परिवारलाई समेत सम्मान गरिएको थियो ।

प्रतिक्रिया