चौबीस घण्टामा ५८ जनामा कोरोना, १४८ डिस्चार्ज
नेपालखोज
२०७८ फागुन ३० गते १८:१३

काठमाडौं । नेपालमा गत चौबीस घण्टामा थपिए ५८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका अस्पतालहरुबाट ३ हजार ५३९ जनाको पीसीआर परीक्षण गर्दा ५० र १ हजार ८७९ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा ८ जना गरि कुल ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । नेपालमा हाल सक्रिय संक्रमितको संख्या ४ हजार ८१९ रहेको छ ।
त्यस्तै, नेपालमा गत चौबीस घण्टामा थप १४८ जना संक्रमण मुक्त भइ डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेको कुल संख्या ९ लाख ६१ हजार २१८ पुगेको छ । नेपालमा कोरोना निको हुने दर ९८ दशमलव ३ प्रतिशत पुगेको छ ।
त्यस्तै, गत चौबीस घण्टामा कोरोना संक्रमणका कारण कसैको मृत्यु भएको छैन् । त्यस्तै, गत चौबीस घण्टामा देशभर थप ९२ हजार ४८ जनाले कोरोना भाइरस विरुद्धको खोप लगाएका छन् ।
सम्बन्धित
प्रतिक्रिया