शनिबार, जेठ ५, २०८१

अल्टोको नेक्स्ट जेनरेसन मोडल

नेपालखोज २०७८ चैत १ गते १०:५७

काठमाडौं । नेपलीहरुले बढी प्रयोग गरेक‍ो कार मारुती अल्टो पनि हो । यो किफायति ह्याचब्याकको नेक्स्ट जेनरेसन मोडलको प्रतीक्षा लामो समयदेखि हुँदै आएको थियो । यो कार अब एकदम नयाँ फिचर्सका साथ नयाँ इन्जिन तथा एउटा अलग लुकमा उपभोक्ता माझ आउँदैछ ।

सुधारिएको इन्जिन
नेक्स्ट जेनरेसन मारुती अल्टो HEARTECT प्लेटफर्ममा निर्माण गरिएको छ जुन क्वालिटी तथा ड्यूरबिलिटीका हिसाबले निकै राम्रो छ । यो प्लेटफर्ममा मारुती सुजुकीका कैंयन लोकप्रिय कार निर्माण भएका छन् । नयाँ अल्टोमा के १० सी डुअलजेट १.२ लीटरको ३ सिलिन्डर पेट्रोल इन्जिन प्रयोग भएको छ जसले ६७ बीएचपी सम्मको पावर तथा ८९ न्युटन मीटर टर्क जेनरेट गर्छ । २०२२ मारुती अल्टोलाई म्यानुअल तथा अटोमेटिक दुवै किसिमको ट्रान्समिसन अप्सनका साथ लन्च गरिएको छ ।

हेर्दा कस्तो देखिन्छ ?
नयाँ मारुती अल्टोको डिजाइन एकदम फ्रेस छ र यो पहिलेको तुलनामा बढी स्टाइलिस छ । यसमा बढी स्पेस उपलब्ध हुनेछ भने यो हालको मोडलभन्दा केही लामो छ । नयाँ अल्टोमा लामो ग्रिल, नयाँ बम्पर, ठूलो टेलगेटका साथ नयाँ हेडलाइट तथा टेललाइट्स प्रयोग भएको छ । इन्टिरियर तथा फिचर्स कुरा गर्दा यसमा बिल्कुल नयाँ इन्टिरियर, राम्रो सिट, नयाँ डायसबोर्ड, सेन्ट्रल कन्सोल, एड्रोइड अटो तथा एप्पल कारप्ले सपोर्टयुक्त अपडेटेड टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, की-लेस एन्ट्री , इन्जिन स्टार्ट-स्टप बटन, डुअल एयरब्यग तथा रियर पार्किङ सेन्सरसमेत अन्य थुप्रै सुविधा र सेफ्टी फिचर्स प्राप्त हुनेछ ।

प्रतिक्रिया