शुक्रबार, जेठ ११, २०८१

रुसकाे अघि बढ्ने प्रयास केही दिनदेखि रोकिएको अमेरिकी रक्षा मन्त्रालयको दाबी

नेपालखोज २०७८ चैत १ गते ७:५५

काठमाडाैं । भीषण बमबारी भइरहेको भए पनि युक्रेनमा अघि बढ्ने रुसी प्रयास केही दिनदेखि रोकिएको पेन्टागनले जनाएको छ । उसको पछिल्लो मूल्याङ्कन अनुसार युक्रेनी सहरहरूले बहादुरीपूर्वक आफ्नो रक्षा गर्न सफल भएका छन् ।

अमेरिकी रक्षा मन्त्रालयले युक्रेनले प्रभावकारी रूपमा हवाई प्रतिरक्षा प्रणाली प्रयोग गरेका कारण रुसी सेना हवाई हमलामा पनि त्यति धेरै अघि बढ्न नसकेको जनाएको छ ।

दिनभरि गोलाबारी भएको राजधानी किएभमा रातको समयमा विस्फोटन भएका छन् । युक्रेनको उत्तर पश्चिम क्षेत्रमा एउटा टेलिभिजन च्यानलमा भएको हवाई हमला पश्चात् भग्नावशेषमा पुरिएका मानिसहरूको उद्धार कार्यमा अधिकारीहरू खटिएका छन् ।

फेब्रुअरी २४ तारिखमा युक्रेनमाथि आक्रमण सुरु गरेको रुसले हालसम्म कुनै पनि ठूलो युक्रेनी सहर नियन्त्रणमा लिन सकेको छैन । बीबीसी

प्रतिक्रिया