शुक्रबार, जेठ ११, २०८१

‘मूल्य बढ्दासमेत उपभोक्ता अधिकारकर्मीहरु किन चुप’

नेपालखोज २०७८ चैत १ गते १७:२०

काठमाडौं । दैनिक उपभोग्य बस्तुहरुको मूल्य ह्वात्तै बढदा समेत उपभोक्ता अधिकारकर्मीहरु चुप लागेर बसेको भन्दै संसदीय समितिले असन्तुष्टि जनाएको छ । संघीय संसद प्रतिनिधिसभा अन्र्तगतको उद्योग तथा वाणिज्य श्रम र उपभोक्ता हित समितिका सभापति विमलप्रसाद श्रीवास्तवले खाने तेल, चिनीलगायतका दैनिक उपभोग्य बस्तुमा ह्वात्तै मूल्यवृद्धि हुँदा पनि उपभोक्ता अधिकारकर्मीहरु चुप लागेर बसेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।

विश्व उपभोक्ता अधिकार दिवसको अवसर पारेर मंगलबार आज काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सरकारले बजार अनुगमन नगरेकै कारण मूल्य वृद्धि भएको उल्लेख गर्दै त्यसमा ध्यान दिन पनि सचेत हुनुपर्ने बताए । व्यापारीहरुले तेस्रो मुलुकबाट आयात गरेर ल्याएको खानेतेल फेरी प्याकिङ गरेर त्यतै पठाउँदा नेपालमा खाने तेलको अभाव भएको तर्फ उल्लेख गर्दै सभापति श्रीवास्तवले सरकारले त्यसबारे छानवीन गरेर यथार्थकुरा बाहिर ल्याउनुपर्ने बताए ।

उनले सरोकारवाला निकाय सँग छलफल गरेर मात्रै भन्सार शुल्क मिनाह गर्न पनि सरकारलाई निर्देशन दिनुभएको छ । उनले भने , ‘विशेष गरेर मन्त्रीजीमार्फत् के भन्न चाहन्छु भने–केही दिन अगाडि सरोकारवाला पक्षसँग छलफल गरेर मात्रै भन्सार शुल्क मिनाह गर्ने काम सरकारले गर्नु पर्दछ । जनताको दैनिक उपभोग्य सामग्रीहरु जस्तो चामल आउँछ , गहुँ आउँछ , औषधिहरु आउँछ , शैक्षिक सामग्रीहरु आउँछ , त्यस्ता कुराहरुमा बरु मिनाह दिनु राम्रो होला । तर, अनाआवश्यक वस्तुमा दिँदा नियत सफा देखिएन । त्यसकारण यस सम्बन्धमा के कसोे भएको हो ? अव मूल्य वृद्धिको विषयमा यसलाई विस्तृत छानवीन गरियो भने स्पष्ट हुन्छ । यहाँ त देखिएको पनि छ । अनुगमनको क्रममा २/२ जरिवाना गर्नु हुन्छ । तर, करोडौं घोटाला गर्नेलाई धरौटीमा छाडिदिनु हुन्छ ।अनि मूल्यवृद्धि त्यसै भईरहेको छ । सभापति श्रीवास्तवले बजार अनुगमनको कामलाई सरकारले तीव्रता नदिए महंगी झनै बढेर जाने बताए ।’

प्रतिक्रिया