आइतबार, जेठ ६, २०८१

कालीकोटमा ३३ केभिए विद्युत् लाइन जडान

नेपालखोज २०७८ चैत १ गते १५:१७

काठमाडौं । कालीकोटमा नेपाल विद्युत् प्राधिकरणको ३३ केभिए राष्ट्रिय प्रसारण लाइन जडान गरिएको छ । यसअघि दैलेखेको दुल्लुदेखि कालीकोट हुँदै जुम्लासम्म ११ केभिए विद्युत्काे राष्ट्रिय प्रसारण लाइन जडान गरिएकोमा त्यसलाई थप गरेर ३३ केभिए प्रसारण लाइन जडान गरिएको हो ।

विगतमा कालीकोटमा ११ केभिए प्रसारण लाइनमा विद्युत्को भोल्टेज घटबढ हुने समस्या र नागरिकको माग अनुसार विद्युत् आपूर्ति गर्नका लागि ३३ केभिए प्रसारण लाइन जडान गरिएको नेपाल विद्युत् प्राधिकरण कालीकोट वितरण केन्द्रका प्रमुख नारायणप्रसाद पौडेलले जानकारी दिएका छन । उनले भने, ‘यसले विद्युत् आपूर्ति नियमित हुने तथा भोल्टेजमा घट्बढ् हुँदैन् । यो कार्य सँगै कालीकोटको सदरमुकाम मान्मबाट जिल्लाका सबै पालिकाको केन्द्रसम्म विद्युत् प्रसारण लाइन विस्तारको काम अगाडि बढ्ने प्रमुख पौडेलले बताए ।

दुई वर्षमा कर्णालीका सबै जिल्लामा विद्युत्को राष्ट्रिय प्रसारण लाइन जडान गर्ने र त्यसका लागि विद्युत् प्राधिकरणले २५ अर्ब रुपैयाँ बजेट विनियोजन गरिएको नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिएका छन् ।

प्रतिक्रिया