मंगलबार, जेठ १५, २०८१

सुनचाँदीको भाउ घट्यो, कतिमा हुँदै छ कारोबार ?

नेपालखोज २०७८ चैत २ गते १०:५९

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको भाउ घटेको छ । छापावाल सुन आज प्रतितोला १२ सय रुपैयाँले घटेर ९९ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो (मंगलबार) लाख ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, महासंघका अनुसार आज तेजाबी सुनको मूल्य पनि १२ सय रुपैयाँले घटेको छ । आज तेजाबी सुन ९८ लाख ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार १ लाख १ रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, चाँदीको मूल्य १० रुपैयाँले घटेको छ । आज चाँदी १३ सय ७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया