बुधबार, जेठ २, २०८१

वाग्मती प्रदेश इन्जिनियर्स एसोसिएसनमा लोकतान्त्रिक समूह विजयी

नेपालखोज २०७८ चैत २ गते १३:३०


काठमाडौं । नेपाल इन्जिनियर्स एसोसिएसन वाग्मती प्रदेशमा सेन्टर फर डेमोक्र्याटिक इन्जिनियस नेपाल सिडेनको समूह विजयी भएको छ । वाग्मती प्रदेशका तीन स्थानमा मतदान केन्द्र राखी भएको निर्वाचनको मतगणना मंगलबार राति सकिएको थियो ।

मतपरिणाम अनुसार प्रदेश सभापति पदमा लोकतान्त्रिक समूहका रोहिणी पौडेल विजयी भएकी प्रदेश निर्वाचन समिति संयोजक कमल कार्कीले राससलाई जानकारी दिएकी थिइन् । प्रदेश समितिका पदाधिकारी र सदस्यमा पनि सबै लोकतान्त्रिक समूहबाट नै विजयी भएका छन् । उपसभापतिमा सुरेन्द्र केसी, सचिवमा दिनेश न्यौपाने, सहसचिवमा डा. विजय थापा, कोषाध्यक्षमा विपीन भुसाल विजयी भइका छन् । सदस्यहरुमा ओशन थापा मगर, प्रमोद महत, प्रह्लाद बस्नेत, रोहित पौडेल, चिरञ्जीवी खतिवडा, वृजेश सिंह, गौरव पौडेल, दिराज थापा, राकेश भट्टराई र प्रवीण छेत्री विजयी भएका छन् ।

निकटतम प्रतिद्वन्द्वीमा नेकपा समाजवादी निकटलगायत गठबन्धनको प्रगतिशील इन्जिनियस एसोसिएसनका विनोद सापकोटाको समूह आएको निर्वाचन समिति संयोजक कार्कीले बताए । सबै पदाधिकारी र सदस्यको तीनै वटा मत गणनास्थलबाट प्राप्त मत जोडेर आज निर्वाचन परिणाम घोषणा गर्ने तयारी भएको प्रदेश निर्वाचन समितिले जनाएको छ ।

प्रतिक्रिया